Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

लोकतन्त्रमा विधिले शासन गर्ने हो, भिडले होइन : गृहमन्त्री लेखक

 

 

रुपन्देही : गृहमन्त्री रमेश लेखकले सरकार चोरी तस्करी र अपराध नियन्त्रणमा सदैव कटिबद्ध रहेको बताएका छन्।

नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले पछिल्लो समयमा नयाँ नयाँ खालको अपराधहरू बढ्दै जान थालेकाले नियन्त्रणका लागि यसतर्फ सजग हुन जरुरी भएको बताए। उनले लागुऔषध, आत्महत्या, सवारी दुर्घटना, मानव तस्करी, कुटपिट, यौनजन्य हिंसा जस्ता पुराना खालका अपराधसँगै वित्तीय र प्रविधिको प्रयोगबाट हुने अपराध पनि बढ्न थालेकाले त्यसलाई नियन्त्रण गर्न सरकार कटिबद्ध रहेको बताए।

लोकतन्त्रमा कानुनको परिधिमा रहेर र मर्यादामा रहेर अरूको स्वच्छ आलोचना गर्न पाइने भए पनि कपोकल्पित धारणा बनाएर अरूको चरित्रहत्या गर्ने, धार्मिक सामाजिक विखण्डन ल्याउने जस्ता अपराध बढ्न थालेकाले यसलाई पूर्ण रुपमा नियन्त्रण गर्नु पर्ने उनको भनाइ थियो।

‘समाजलाई दूषित पार्ने काममा संलग्नसँग कुनै पनि सम्झौता हुन सक्दैन’, उहाँले भने, ‘लोकतन्त्रमा विधिले शासन गर्ने हो, भिडले होइन।’

पछिल्लो समयमा चेक बाउन्स लगायतका वित्तीय अपराध बढेको उनको भनाइ थियो। पछिल्लो समय साइबर अपराध पनि बढिरहेको जनाउँदै यसलाई निस्तेज पार्न सुरक्षा अधिकारीलाई ध्यान केन्द्रित गरेको उनले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP