Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम ‘बन्दैछ नेपाल’ नेपालको टेलिभिजनमा सुरु

काठमाडौं, ४ पुस । नेपाल टेलिभिजनबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम फेरि सुरू भएको छ। ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमको परिस्कृत रूप ‘बन्दैछ नेपाल’ नामक नयाँ कार्यक्रम बुधबार बेलुकी नेपाल टेलिभिजनमा पहिलो पटक प्रशारण भएको हो।

कार्यक्रमका प्रस्तोता हास्य कलाकार राजा राजेन्द्र पोखरेल रहेका छन्। पोखरेलले कार्यक्रममा विकास परियोजनाहरूको प्रगति र जनताको सवालमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर गर्ने छन्।

कार्यक्रमको पहिलो भागमा काठमाडौं-मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा भएका प्रगति बारे चर्चा गरिएको थियो। यस कार्यक्रमको उद्देश्य निराशालाई चिर्ने र निर्माण भइरहेका प्रमुख विकास परियोजनाहरूलाई प्राथमिकता दिने रहेको पोखरेलले सेतोपाटीसँग भने।

‘बन्दैछ नेपाल’ कार्यक्रम सातामा एकपटक प्रशारण हुनेछ र यो असार मसान्तसम्म निरन्तर प्रशारण हुने तय गरिएको छ। कार्यक्रम नेपाल टेलिभिजनले नै उत्पादन गरेको हो।

यो कार्यक्रम सुरुमा रवि लामिछानेले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सञ्चालन गरेका थिए, त्यसपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकालमा वासुदेव शर्मा (बविन) ले सञ्चालन गरेका थिए। पुनः केपी ओली प्रधानमन्त्री हुँदा मनोज पाण्डेले कार्यक्रम सञ्चालन गरेका थिए। अब यो कार्यक्रम पोखरेलको प्रस्तुति र प्रधानमन्त्रीसँगको संवादका साथ नयाँ ढंगले सञ्चालन हुँदै छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP