Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

कांग्रेसमा विपीको नाम लिएर जथाभावी भन्न थालियो : महामन्त्री थापा

 

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विपी (विश्वेश्वरप्रसाद कोइराला) को नाम लिएर जथाभावी भन्ने परिपाटी पार्टीमा विकसित भइरहेको गुनासो गरेका छन्।

शुक्रवार काठमाडौँमा कैलास कोइरालाद्वारा लिखित उपन्यास शास्त्रको विमोचनमा उनले यस्तो गुनासो गरेका हुन्। उनले पार्टीभित्र नेताहरुलाई आफूलाई भन्न मन लागेका जे पायो त्यही कुरा विपीको नाम लिएर भन्ने गरेकोमा असन्तुष्टि जनाए।

उनले पार्टीका नेता, कार्यकर्ताहरुले विपीले यस्तो भन्नुहुन्थ्यो भनेर अरुले भनेको सुनेको आधारमा भन्न नहुने बताए। उनले रेफरेन्समा प्रयोग गर्न पाइने भए पनि आफैँले अध्ययन गरेर मात्रै प्रयोग गर्न आग्रह पनि गरे।

आफूलाई भनेको कुरा विपीको नाममा भन्ने र आफू उम्किने बाटो खोज्ने गरेको आरोपसमेत लगाए।

‘हाम्रो पार्टीभित्र जसलाई जे कुरा भन्नुपरे ता पनि कसैलाई आफूलाई मन लागेको कुरा भन्नुपर्‍यो भने कहाँ गएर खोज्ने भने विपीले यस्तो भन्नुभएको थियो भन्ने। विपीले आएर मैले यस्तो भनेको होइन भन्नुहुन्न। विपीले यस्तो भनिदिएको थियो भनेर भनिदिने। त्यसो गरेपछाडि सजिलोसँग उम्किने बाटो हुने‚’ उनले भने, ‘कसैलाई संघीयता मन नपर्ला, कसैलाई संविधान मन नपर्ला‚ कसैलाई के मन नपर्ला। बडो सजिलोसँग पार्टीको बैठकमा वा यस्ता मञ्चहरुमा सबै ठाउँमा हाम्रो बीचमा वादविवाद, विमर्श हुँदै गर्दा मान्छेले यो कुरा ठिक भएन भन्दै गर्दा विपी कोइरालाले भन्नुभएको ठिक भएन भनेर भन्दिने कुरा छ।’

महामन्त्री थापाले राज्यको धर्म जनतालाई न्याय दिनु रहेको बताए। उनले धर्मको सामाजिक पक्षलाई ग्रहण गरेर व्यवहारमा उतार्नु नै राजनीतिको काम भएको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP