Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

भ्रमको राजनीति बढ्यो, चिर्दै अघि बढ्न जरुरी भयो : मन्त्री पाण्डे

 

चितवन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले स्थानीय उत्पादनको निर्यात बढाउन सङ्घीय, प्रदेश र स्थानीय सरकारको कानुन तथा नीति सजिलो हुन जरुरी रहेको बताएका छन्।

पूर्वी चितवनको खैरहनीमा आजदेखि सुरु भएको तेस्रो खैरहनी महोत्सवको उद्घाटन गर्दै मन्त्री पाण्डेले नेपालमा उत्पादित वस्तुको निर्यात बढाउन सके अर्थतन्त्र बलियो हुने बताए।

उनले भने, “अर्थतन्त्र बलियो बनाउन निर्यात बढाउन जरुरी छ। यसका लागि तीनै तहका सरकारको नीति तथा कानुन सहज बनाउनुपर्छ।” चितवन पर्यटकीय दृष्टिले महत्वपूर्ण जिल्लाको रुपमा रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले यसलाई चलायमान बनाउन सके अर्थतन्त्रमासमेत सहज हुने बताए।

पर्यटकीय क्षेत्रको विकासका लागि नीतिगत रुपमा सहयोग गर्न र पूर्वाधारको विकास गर्न मन्त्रालय तयार रहेको उनको भनाइ थियो। फरक प्रसङ्गमा मन्त्री पाण्डेले पछिल्लो समय देखिएको भ्रमको राजनीति चिर्दै अघि बढ्न जरुरी रहेको बताए।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य जगन्नाथ थपलिया, कृष्ण खनाल र ईश्वर सापकोटालगायतले मेला र महोत्सवबाट जिल्लाको अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुग्ने बताए।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP