Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

६ महिनासम्म पनि अद्यावधिक हुन सकेन उपेन्द्रको पार्टी, कागजात अध्ययन गर्दै आयोग

 

५ पुस, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन सम्पन्न भएको ६ महिनासम्म पनि निर्वाचन आयोगमा अद्यावधिक हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार जसपा नेपालको अद्यावधिकका लागि आवश्यक कागजात मगाएर अध्ययन भइरहेको छ ।

निर्वाचन आयोग कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाकी सहसचिव इन्दिरा दहाल (भट्टराई) जसपा नेपालको अद्यावधिक हुने क्रममा रहेको बताउँछिन् ।

 

‘उक्त पार्टीको अद्यावधिक हुने क्रममै छ । डकुमेन्ट हेर्नुपर्ने थियो । केही थप मगाएर पनि अध्ययन गर्नुपर्ने छ । यो काम भइरहेको छ’, सहसचिव दहाललले अनलाइनखबरसँग भनिन् ।

जसपा नेपालले गत जेठ अन्तिम साता जनकपुरमा महाधिवेशन सम्पन्न गरेको थियो । राजनीतिक दल सम्बन्धी ऐन अनुसार महाधिवेशन सम्पन्न भएको ३० दिनभित्र निर्वाचन आयोगलाई विवरण अद्यावधिकका लागि उपलब्ध गराउनुपर्ने हुन्छ ।

 

निर्वाचन आयोगले यसी अद्यावधिकका लागि विवरण प्राप्त भएको तीन महिनाभित्र अद्यावधिक गर्नुपर्ने व्यवस्था ऐनमा छ । तर, यसअनुसार जसपा नेपालको अद्यावधिक भएको छैन । डकुमेन्टहरु थप आवश्यक भएको र त्यसको अध्ययन गर्नमा समय लागेको निर्वाचन आयोगका अधिकारीहरू बताउँछन् ।

जसपा नेपाल विभाजनको मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन छ । अदालतबाट जसपा नेपालको महाधिवेशनको वैधताका सम्बन्धमा केही सुझाव आउने हो कि भन्नेमा पनि निर्वाचन आयोगका अधिकारीहरू छन् ।

अशोक राइको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा), नेपाल फुटेर जनता समाजवादी पार्टी बनेको छ । दल विभाजन सम्बन्धमा सर्वोच्च अदालतमा परेको मुद्दाको टुंगो लागेको छैन ।

जसपा नेपाललाई विभाजन भएर अशोक राईको नेतृत्वमा बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । तर, प्रदेश, जिल्ला र स्थानीय तहका प्रतिनिधि तथा नेता÷कार्यकर्ताले कुन पार्टी रोज्ने भनेर निर्णय लिन पाएका छैनन् ।

यो विषय अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा महाधिवेशन भएकाले उक्त महाधिवेशनको वैधताको विषयमा केही प्रश्नहरू रहेको आयोगकै अधिकारीहरू बताउँछन् ।

निर्वाचन आयोगका अनुसार जसपा नेपालका प्रतिनिधिलाई आयोगमै बेलाएर थप छलफल गर्ने तयारी भएको छ । त्यसपछि एउटा निष्कर्षमा पुग्न सकिने अधिकारीहरूको विश्वास छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP