काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अंगको रुपमा अपनाउन आग्रह गरेका छन्।
शनिबार अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो आग्रह गरेका हुन्। संयुक्त राष्ट्र संघले २१ डिसेम्बरलाई अब उपरान्त ध्यान दिवसको रुपमा मान्यता दिएको उल्लेख गर्दै उनले खुसी व्यक्त गरे।
उनले ध्यान दिवसको सबैले सदुपयोग गर्न आह्वान गर्दै ध्यानबाट लाभ लिन आग्रह गरे। उनले ध्यान मानव जातिको कल्याणको निम्ति भएको उल्लेख गरे। वर्षमा एक पटक २१ डिसेम्बरका दिन मात्र नभई आफ्नो दिनचर्या बनाउनुपर्नेमा जोड दिए।
उनले भने, ‘आज २१ डिसेम्बर, अन्तर्राष्ट्रिय ध्यान दिवस। संयुक्त राष्ट्र संघले २१ डिसेम्बरलाई अब उपरान्त ध्यान दिवसको रुपमा मान्यता दिएको छ। यस अवसरमा म खुशी व्यक्त गर्न चाहन्छु। सबैमा बधाई भन्न चाहन्छु। शुभकामना भन्न चाहन्छु। यस ध्यान दिवसको हामी सबैले सदुपयोग गरौँ। यसबाट लाभ लिऔँ। ध्यान मानव जातिको कल्याणको निम्ति यस वर्ष मात्रै होइन, हामीले ध्यान दिवसलाई मनाउँदै जानुपर्छ। वर्षमा एक पटक २१ डिसेम्बरका दिन मात्र होइन, ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अंगको रुपमा अपनाऔँ।’
प्रधानमन्त्री ओलीले ध्यानबाट शारीरिक र मानसिक हिसावले सधैँ स्वस्थ रहन र अरुलाई पनि स्वस्थ रहन सहयोग पुर्याउन आग्रह गरे।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया