काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार पनि जारी रहने भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्नेछ ।
शुक्रबार शुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले पेश गरेका छलफलका एजेण्डामा बहस नसकिएपछि आज पनि बैठक बस्न लागेको पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति र स्थानीय तह उपनिर्वाचनको समीक्षा, पार्टीको स्थानीय तहको अधिवेशन र केन्द्रीय महाधिवेशनबारे छलफल चलिरहेको छ। जारी बैठकले पृथ्वी जयन्ती भव्य उत्सवका रूपमा मनाउने निर्णय गरिसकेको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया