Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

ताली बजाउन होइन, काम गर्न आएको हुँ : प्रधानमन्त्री ओली

 

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू काममा विश्वास गर्ने र कामबाट परिणाम निकाल्ने व्यक्ति भएको दावी गरेका छन्। उनले आफू ताली बजाउन मात्र नभई काम गरेर परिणाम निकाल्न आएको स्पष्ट पारेका छन्।

शनिवार विश्व ध्यान दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दावी गरेका हुन्।

उनले विविधतालाई एकतामा बदलेर सामाजिक न्याय र सामाजिक सद्भाव कायम गर्न आवश्यक रहेको बताएका छन्। उनले मानिस भएपछि एकले अर्कोलाई प्रेम गर्नुपर्ने र एकजुट हुनुपर्ने बताए। उनले परस्परमा घृणा नभई विविधतालाई एकतामा बदलेर सामाजिक न्याय र सामाजिक सद्भाव कायम गर्न आवश्यक रहेको बताए।

उनले ध्यान र योगले भावना, व्यवहार, अभ्यासलाई राष्ट्रिय एकताको भावनाका रूपमा अघि बढाउन मद्दत गर्ने बताए। उनले ध्यान दिवसलाई औपचारिक दिवसको रूपमा नभई जीवन पद्धतिको रूपमा अपनाउनुपर्ने बताए।

प्रधानमन्त्री ओलीले भने‚ ‘ध्यान भनेको सकारात्मक सोचका साथ सकारात्मक उद्देश्यका लागि हो भन्ने बुझ्नुपर्छ। योगले यो भावना, व्यवहार, अभ्यासलाई राष्ट्रिय एकताको भावनाका रूपमा अघि बढाउन मद्दत गर्दछ। मैले ताली बजाउने होइन‚ म काममा विश्वास गर्ने मान्छे हुँ। म कामबाट परिणाम निकाल्नेमा विश्वास गर्ने मान्छे हुँ। ’

प्रधानमन्त्री ओलीले ज्ञानको मुहान ध्यान भएको उल्लेख गरे। उनले ध्यान र योगलाई आफ्नो दिनचर्या बनाउन आह्वान गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP