Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

युवाशक्ति देश विकासमा लाग्नुपर्छ : अध्यक्ष दाहाल

 

काठमाडौं : राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले मातृभूमिप्रति गौरव गर्दै देश विकासको अभियानमा जुट्न युवा पुस्तालाई आह्वान गरेका छन्।

रैथाने एग्री प्रोडक्स नेपालद्वारा आज दरबारमार्गमा सञ्चालित रैथाने उत्पादन हाटबजार मेलाको अवलोकनपछि उनले नेपालमा स्रोतसाधन र जनशक्ति पर्याप्त भएकाले यसको अधिकतम प्रयोग हुन आवश्यक रहेको बताए।

अध्यक्ष दाहालले भने, “मानव चोलाको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको श्रम हो, नेपालमा पर्याप्त स्रोतसाधन र जनशक्ति छ, यो मूल्यवान् जनशक्ति श्रमका लागि विदेश गइरहेको अवस्था छ, उनीहरूलाई कसरी स्वदेशमै रोक्ने भन्ने अहिलेको चुनौती हो। यसमा सोच्नुपर्छ।”

ठूलो सङ्ख्यामा युवा विदेश जाने क्रमसँगै आफ्नो थातथलो बाँझिँदै गएपछि अत्यावश्यक खाद्यन्नमा अन्य मुलुकसँग आश्रित हुन परेको यथार्थ सुनाउँदै उहाँले प्राङ्गारिक उत्पादनलाई बेवास्ता गरिँदा आयातित वस्तु उपभोग गर्न बाध्य हुनुपरेको धारणा राखे।

रैथाने एग्री प्रोडक्ट नेपालका अध्यक्ष तिलक ढकालले नेपाली खाद्यान्नको विविधता जोगाउन तथा दैनिक उपभोग्यवस्तुमा आत्मनिर्भर हुने प्रेरणा प्रदान गर्न दरबारमार्गमा शनिबारे हाटबजार सञ्चालन गर्र्दै आएको बताए।

हाटबजारमा आउने खाद्यन्नलगायत उपभोग्यवस्तु विषादीरहित, स्वच्छ वातावरणमा उत्पादन भएकाले मानव शरीरका लागि स्वास्थ्यकर रहेको उनको भनाइ छ।

उक्त संस्थाले विसं २०८० साउन १ गतेदेखि प्रत्येक शनिबार बिहान ७ देखि १२ बजेसम्म हाटबजार सञ्चालन गर्दै आएको छ।

हाटबजारमा मार्सी धानको चामल, मकै, चिनो, कागुनो, भटमास, कोदो, जौ, जुनेलो, लट्टे, फापर, किबी, कुभिण्डो, सिस्नो, फर्सी, चिया, मह, दूग्धजन्य पदार्थ तथा टोपी र गलबन्दीजस्ता ५० भन्दा बढी जिल्लाका रैथाने उत्पादन बिक्रीका लागि ल्याइने गरेका छन्।

हाटबजारमा दैनिक करिब सात सय जना उपभोक्ताले अवलोकन गरी आवश्यक सामाग्री खरिद गर्ने तथा उपभोक्ता र उत्पादनकर्ताबीच अनुभव साटासाट गर्ने कार्यसमेत हुँदै आएको अध्यक्ष ढकालले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP