Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक छिटो टुंग्याउन सांसदहरूको माग

 

काठमाडौँ : प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिमा सांसदहरूले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई छिटोभन्दा छिटो टुंगोमा पुर्‍याउनुपर्ने धारणा राखेका छन्।

आइतवार सिंहदरबारमा बसेको समितिको बैठकमा विधेयकको दफावार छलफलमा सहभागी हुँदै सांसदले यस्तो धारणा राखेका हुन्। बैठकमा नेपाली काँग्रेसका सांसद जीवन परियारले विधेयक समितिमा आएको एक वर्ष हुन लागेको उल्लेख गर्दै ऐन पारित गर्न दिनरात मेहनत गर्नुपर्ने बताए। उनले समितिमा अझै धेरै ऐन बनाउन बाँकी रहेको उल्लेख गर्दै छिटो टुंगोमा पुर्‍याउने गरी छलफल अगाडि बढाउन कानून मन्त्रालयको ध्यानाकर्षण गराए।

बैठकमा बोल्दै नेकपा (एमाले) सांसद सुहाङ नेम्वाङले समितिको औचित्यमाथि प्रश्न उठ्न थालेको उल्लेख गर्दै ऐन निर्माणका सवालमा समितिले अझै सक्रिय भएर काम गर्नुपर्ने बताए। उहाँले जनताको नजरमा सांसदले आफ्नो भूमिका प्रभावकारी रूपमा वहन गरेको नदेखिएको बताए। ऐन निर्माणका क्रममा अलमल हुने कुरा उठाउन नहुनेमा उनको जोड थियो।

बैठकमा नेकपा(माओवादी केन्द्र) सांसद एवं कानून, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले ऐन निर्माणका क्रममा छलफलका लागि पटक पटक बोलाउँदा समेत सम्बन्धित मन्त्रालयका प्रतिनिधि समितिमा उपस्थित नहुने भएका कारण ढिलाइ भइरहेको बताए।

सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले वन र स्वास्थ्य मन्त्रालयसँग थप छलफल गरेर विधेयक टुंगोमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। उनले ऐन र विधेयक निर्माणका लागि मन्त्रालय निरन्तर छलफलमा रहेको समेत बताए।
विभिन्न ७९ वटा कानूनलाई संशोधन गर्न उक्त विधेयक ल्याइएको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP