काठमाडौं : प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नेपाल बार एशोसिएसनसँग आफ्नो कुनै विमति नरहेको स्पष्ट पारेका छन्। आइतबार बार दिवसको अवसरमा भक्तपुर जिल्ला अदालत बार एशोसिएशनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले नेपाल बारसँग आफ्नो परिषद्को हैसियतमा पनि कुनै विमति नरहेको बताए। उनले प्रधानन्यायाधीशलाई संविधानले नै निश्चित कामहरु तोकिदिएको उल्लेख गर्दै आफ्नो लागि निश्चित कर्तव्यहरु कानुनले तोकिदिएको बताए।
उनले बारका लागि आफूले वैधानिक तवरबाट कति सम्बोधन गर्न सकिन्छ भन्ने मात्रै प्रश्न रहेको बताए। बारको अतित गौरवपूर्ण रहेको उल्लेख गर्दै वर्तमान कस्तो छ र वर्तमान परिवेशमा बारको भूमिका, गतिविधि, क्रियाकलाप र काम कारबाही आउने पुस्ताको लागि गौरवपूर्ण हुनसक्छ की सक्दैन भन्ने प्रश्न रहेको बताए। यसबारे बार आफैँले बृहंगम छलफल गर्नुपर्ने बताए।
उनले भने, ‘बारसँग मेरो कुनै विमति छैन। परिषद्को हैसियतमा पनि मेरो तपाईंहरुसँग विमति छैन। मलाई निश्चित कामहरु संविधानले तोकिदिएको छ। मेरा निश्चित कर्तव्यहरु कानूनले तोकिदिएको छ। मैले त्यहाँनेर बार हेर्नु पर्दैन। खाली बारको कुरा के हो? प्रश्न के हो? जिज्ञासा के हो? मैले वैधानिकताबाट सम्बोधन गर्नसक्ने ठाउँ कति रहेको छ? त्यतिसम्ममा मैले के गर्ने हो ? मैले नेतृत्व तहबाट विचार गर्ने हो। म जतिखेर पनि विचार गरी नै हाल्छु। त्यसमा तपाईंहरुले सन्देह लिनै पर्दैन। मैले यसलाई ठूलो कुरा पनि मानेको छैन।’
प्रधानन्यायाधीश राउतले कानुन व्यवसायीहरुको पेशालाई मर्यादित र समृद्ध बनाउन आवश्यक रहेको बताए। कानुन व्यवसायीहरुले निष्ठालाई कायम राखेर मात्रै निष्पक्ष न्याय दिनसक्ने बताए। पेशा मर्यादित नभएसम्म कानून व्यवसायीहरु सफल हुन नसक्ने बताए।
उनले न्यायाधीश डराए जनता डराउने र न्यायाधीशले जोखिम लिए नागरिक निश्चिन्त हुने बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया