Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

देशकाे वर्तमान अवस्थाप्रति नैराश्यता बढेकाे भन्दै वार्ता टाेली गठन

कपिलवस्तु, ८ पाैष ।

जनता प्रगतिशील पार्टी नेपालले देशकाे वर्तमान अवस्थाप्रति नैराश्यता बढेकाे भन्दै वार्ता टाेली गठन गरेकाे छ । पार्टीको तर्फबाट डा. शिवजी यादवको संयोजकत्वमा पूर्व मन्त्री ईश्वर दयाल मिश्र तथा मोहम्मद साबिर हुसेन सम्मिलित वार्ता टोली गठन गरिएको हाे ।

जनता प्रगतिशील पार्टी नेपालले राजनैतिक दलहरूबीच सहकार्यको आवश्यकता रहेकाे भन्दै जनता समाजवादी पार्टीका घटकहरू, लोकतान्त्रिक समाजवादी पार्टी, आम जनता पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टी लगायतका दलहरुलाई सहकार्य गर्न अनुरोध गरेकाे छ ।

“देशको वर्तमान परिस्थिति निरन्तर जटिलतातर्फ उन्मुख छ। विग्रिदो अर्थतन्त्र झन् गिर्दो अवस्थामा छ तथा यो गति निरन्तर हासोन्मुख छ। ग्रामीण जनजीवन अक्रान्त छ। जनतामा रहेको आशावाद खस्किँदो अवस्थामा छ। नैराश्यता बढ्दो छ। वस्तुत यस अवस्था प्रति चिन्तित हुने राजनैतिक दलहरूबीच सहकार्यको आवश्यकता रहेको जनता प्रगतिशील पार्टी, नेपालको ठहर छ ।” भनि जनता प्रगतिशील पार्टीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

“तसर्थ जनता समाजवादी पार्टीका घटकहरू, लोकतान्त्रिक समाजवादी पार्टी, आम जनता पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टी लगायतका दलहरु लाई सहकार्य गर्न अनुरोध गर्द छौं । साथै यस कार्यलाई मूर्त रूप दिन यस पार्टीको तर्फबाट डा. शिवजी यादव को संयोजकतबामा पूर्वमन्त्री ईश्वर दयाल मिश्र तथा मोहम्मद साबिर हुसेन सम्मिलित वार्ता टोली गठन गरिएको जानकारी गराइन्छ ।” भनि विज्ञप्तिमा मार्फत राजनैतिक पार्टीबीच सहकार्यका लागि अनुरोध गरेकाे छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP