Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

पिएल सिंहको निधनले देशलाई ठूलो क्षति पुगेको छ : देउवा

 

काठमाडौं : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंका महानगरपालिकाका पूर्वमेयर पि.एल सिंहको निधनले देशलाई ठूलो क्षति पुगेको बताएका छन्।

शनिबार काठमाडौंमा पि.एल सिंहको १३ औं दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पि.एल सिंह कहिल्यै नथाक्ने र सधैँ सक्रिय हुने व्यक्ति रहेको बताए।

स्व. सिंहले काठमाडौंवासीको सेवा महत्वका साथ समर्पित भएर गरेको बताए। उनले जनताकाप्रति उत्तरदायी भएकाले नै स्व. सिंह आँखामा नबिझाउने व्यक्ति रहेको बताए।

उनले स्व. सिंहले देखाएको बाटोमा हिँड्नसके उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने पार्टीलाई अझ लोकप्रिय बनाउन मद्दत पुग्ने बताए।

उनले भने, ‘उहाँ कहिल्यै नथाक्ने, अत्यन्तै क्रियाशिल र सक्रिय व्यक्तिको रुपमा मैले लिएको छ। उहाँले गणेशमानजीको बलिदानलाई मात्रै होइन, काठमाडौंवासीहरुको सेवा पनि उहाँले महत्वका साथ समर्पित भएर गर्नुभयो। उहाँ मेहनती, लोकप्रिय, नेपाली काँग्रेसको काठमाडौं महानगरपालिकाको मेयरमा उहाँमात्रै जित्नुयो। अहिलेसम्म हामीले अरुले जितेको छैन। जनताकाप्रति उत्तरदायी भएकाले उहाँ लोकप्रिय हुनुभएको हो। उहाँको जति बखान गरे पनि कम हुन्छ। उहाँ आँखामा नबिझाउने व्यक्ति हुनुहुन्थ्यो। पार्टीका लागि अपूरणीय क्षति भएको छ। राष्ट्रका लागि नै अपूरणीय क्षति भएको छ। त्यसको क्षतिपूर्ति हामी गर्न सक्दैनौँ।’

श्रद्धाञ्जली सभामा नेपाली काँग्रेसका नेता एवं उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं महानगरलाई यत्तिको बनाउन स्व. सिंहले खेल्नुभएको भूमिका अविष्मरणीय रहेको बताए। उनले स्व. सिंह नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने व्यक्ति रहेको पनि बताए।

कार्यक्रममा बोल्दै काँग्रेस सांसद एवं स्वास्थ्य तथा जनासंख्यामन्त्री प्रदीप पौडेलले राजनीतिमा प्राप्त उपलब्धिलाई स्व. सिंहले राम्रोसँग नेतृत्व गर्नुभएको भन्दै उनको स्मरण गरे। उनले प्राप्त अवसरलाई कसरी सदुपयोग गर्ने र सफलतापूर्वक निर्वाह गर्ने भन्नेकुरा स्व. सिंहको जीवनीबाट सिक्न सकिने बताए।

मन्त्री पौडेलले पिएल सिंहले नेपाली काँग्रेसको सिद्धान्त, विचारलाई अनुशासित रुपमा ग्रहण गरेको व्यक्तिका रुपमा चिनेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP