काठमाडौं : प्रतिनिधिसभाको सचिवका हर्कराज राईलाई सिफारिस गरिएको छ।
सभामुख देवराज घिमिरेले आज राईलाई नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका हुन्।
सभामुखको सचिवालयका अनुसार सुरेश अधिकारीले दुई महिना अघि राजिनामा दिएपछि रिक्त रहेको उक्त पदमा झापाको झापाको शिवसत्ताक्षी नगरपालिका २ निवासी राईलाई सिफारिस गरिएको हो। राई यस अघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको सल्लाहकार थिए।
त्रिभूवन विश्वविद्यालयबाट नेपालको विकास नीति तथा योजनावद्ध विकास विषयमा दर्शनार्चाय (एमफिल), राजनीति शास्त्र र ग्रामिण विकास विषयमा स्नाकोत्तर राई नेकपा एमाले स्थानीय तह विभागको सचिव हुन्। राई सुखानी सहित स्मृति प्रतिष्ठानका महासचिव पनि हुन्।।
सभामुख घिमिरेले राईलाई पाँच वर्षका लागि सचिव पदमा सिफारिस गर्नुभएको हो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया