Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

‘गिरिबन्धु टि स्टेटमा ओलीको बदमासी पर्दाफास गरेरै छाड्छु’ ओली र देउवामाथि अनुसन्धान शुरु गर्नासाथ मलाई हटाइयो : प्रचण्ड

 

 

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि अनुसन्धान गर्न थाल्नासाथ आफूलाई प्रधानमन्त्रीबाट हटाएको आरोप लगाएका छन्।

सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा-५ को गौरीगञ्ज गाउँपालिका वडा नं ३ मा नेकपा माओवादी केन्द्रको दोस्रो गाउँ सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन्।

उनले ओलीमाथि आफूले गिरिबन्धु टि स्टेटको भ्रष्टाचार प्रकरणमा अनुसन्धान गर्न शुरु गरेसँगै र नक्कली भूटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेसँगै आफ्नो सरकार ढालेको आरोप लगाए।

उनले आफूलाई प्रधानमन्त्रीबाट अलोकतान्त्रिक, तानाशाही प्रवृत्तिले हटाइएको आरोपसमेत गरे। उनले गिरिबन्धु टि स्टेटमा प्रधानमन्त्री ओलीले बदमासी गरेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीको बदमासी पर्दाफास गरेरै छाड्ने घोषणा गरे।

‘तर म गिरिबन्धु टि स्टेटमा उहाँले गरेको बदमासीलाई पर्दाफास गरेरै छोड्नेछु। गिरिबन्धुको, ओम्नीको, वाइडबडीका तमाम समस्या छन्। मलाई प्रधानमन्त्रीबाट अलोकतान्त्रिक, तानाशाही प्रवृत्तिले हटाइएको छ। किनभने भ्रष्टाचारीमाथि कारबाही गर्ने भयो भनेर नै हो‚’ उनले भने, ‘मेरो सुई अब गिरिबन्धुतिर जाँदै थियो‚ गिरिबन्धुतिर भनेको ओलीतिर जाने भनेको हो। बेचन झा गिरफ्तार भइसकेपछि सुई अर्कोतिर जाँदै थियो। त्यसपछि एउटा आतंक भएको हो।’

उनले प्रधानमन्त्री ओली देशकै सबैभन्दा जाली, झेली, कपटी र बेइमान भएको आरोप लगाए।

‘म तपाईँहरुलाई भन्न चाहन्छु, आज यो ठाउँ, सम्भवतः यो ठाउँ अहिलेको प्रधानमन्त्री देशको सबैभन्दा बढी जाली, झेली, कपटी, बेइमान मेरो लागि त यत्ति धेरै जाली, यति धेरै झेली मान्छे, उनको ठाउँमा सायद म बोल्दै छु‚’ उनले भने, ‘उहाँको दिमागमा जालझेलबाहेक अरु भएको देखिँदैन‚ जालझेल नै गरिराख्नु हुन्छ।’

उनले नेपाली जनताले रगत र पसिना बगाएर प्राप्त गरेका उपलब्धि खोस्न नदिने प्रतिबद्धता जनाए। संविधान संशोधनको नैतिक अधिकार माओवादी केन्द्रलाई रहेको उनको दावी थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP