Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण अपरिहार्य : भीम रावल

काठमाडौँ : नेकपा एमालेबाट निष्काशित नेता भीम रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति अपरिहार्य भएको बताएका छन्। एमालेले साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेपछि आफ्नो धारणा राख्न आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

पार्टी निर्माणको तयारीमा जुटेका रावलले विपी कांग्रेसलगायतका पार्टीसँग मिलेर अघि बढ्ने स्पष्ट पारे। उनले देश र जनताका लागि पार्टीको मूल्यमान्यताभन्दा माथि उठेर एकजुट हुने बताए।

‘विधि, पद्धति र प्रणालीमा अगाडि बढ्नुपर्छ। यसमा मान्यताका आधारमा देश, जनतासँग सम्बन्धित नीति र कार्यक्रम तय गर्दै देश र प्रवासमा अभियान संचालन गर्दै देशभक्तिपूर्ण राजनीतिक शक्ति निर्माण अपरिहार्य बनेको छ’, उनले भने, ‘यसैतर्फ हाम्रो पाइला र प्रयासहरू अघि बढ्नेछ। यस सन्दर्भमा विभिन्न संगठनहरू, देशभक्त संगठनहरू, विपी कांग्रेस, पूर्व सुरक्षाकर्मीका संगठनहरू वा अन्य सामूहिक संगठनहरू।’

देशमा आजको भविष्य सुन्दर बनाउँदै भोलिका पुस्ताको भविष्य सुरक्षित बनाउन पार्टी मूल्यमन्यताभन्दा माथि उठ्नुपर्ने रावलको भनाइ थिया । उनले भने, ‘यो देशको अहिले भविष्य सुन्दर बनाउँदै भोलिको भविष्य सुरक्षित बनाउन पार्टीको मूल्यमान्यताभन्दा माथि उठेर अग्रसर हुन, एकताबद्ध हुन आह्वान गर्दछु।’

पार्टी घाेषणा नगरेका रावलले त्यसअघि मातृभूमि जागरण अभियान चलाउने स्पष्ट पारेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP