Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नुपर्छ : मन्त्री पाण्डे

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नपर्ने बताएका छन्। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनले पर्यटन क्षेत्रको विकासका लागि तीन तहको सरकारलाई जोड्न सरोकारवालाको दुई वटा बैठक सम्पन्न भइसकेको जानकारी गराए।

मन्त्री पाण्डेले भने, “पर्यटन क्षेत्रका समस्यादेखि एयरलाइन्ससम्मका समस्या हल गर्नका लागि वृहत् रूपमा छलफलका लागि भेला गर्दै छौँ, त्यसमा समितिको साथ र सहयोगको अपेक्षा गरेका छौँ। पोखरा र भैरहवाको विमानस्थल नियमित सञ्चालनका लागि हामी समीक्षा गरिरहेका छौँ, केही निकाय त्यहाँ गएपछि दुईवटा एयरपोर्ट नियमित सञ्चालन हुनेछन्।”

उनले पर्यटन संस्कृति नीति अन्तिम चरणमा रहेको र नागरिक उड्डयनसम्बन्धी विधेयक मन्त्रिपरिषद्ले पास गरिसकेको जानकारी गराए। मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयले मन्त्रालयका कामकारबाहीको बारेमा जानकारी गराउँदै पुँजी, प्रविधि, जनशक्तिको समितताले अपेक्षा अनुसारको काम गर्न नसकिएको उल्लेख गरे।

समिति सभापति राजकिशोर यदवको अध्यक्षमा भएको बैठकमा पूर्वप्रधानमन्त्री एवं समिति सदस्य माधवकुमार नेपालले निजगढ अन्तर्रास्ट्रिय विमानस्थलको विकल्पमा अरू विकल्प हुन नसक्ने भन्दै निर्माणका लागि लगानी कर्ता खोज्न आग्रह गरे। उनले भने, “काठमाडौँ एयरपोर्टको विकल्प निजगढ मात्रै हो, पहिलो प्राथमिकता दिईयोस्, ट्रान्जिटको भूमिका पनि देखिन्छ।”

पूर्व प्रधानमन्त्री नेपालले कुनै पनि परियोजना बनाउने कुरामा हचुवाको भरमा नभइ कहाँ आवश्यक छ कहाँ छैन कुनै हिसाबकिताब गरेर मात्र गर्नुपर्ने बताए। पर्यटकलाई आकर्षित गर्न गन्तव्य ठाउँ सफा सुग्घर बनाउनुपर्ने उनको भनाइ थियो।

सांसद प्रभू साहले निजगढ एयरपोर्टमा चासो नपुगेको र मन्त्रालयको प्राथमिकतामा किन नपरेको भनी प्रश्न गरे। साथै उनले पुरातात्विक क्षेत्रमा उत्खननका नाममा दुरूपयोग भइरहेको बताउँदै मन्त्री पाण्डेको ध्यानाकर्षण गराउनुभयो।सांसद धवल शमशेर जबराले पर्यटन क्षेत्रमा स्थानीय तहलाई जिम्मेवार बनाउने कार्य राम्रो भनी प्रशंसा गरे। उनले मुलुकमा आउने पर्यटकलाई प्रोत्साहन गर्नुपर्ने सुझाव दिए।

सांसद भीमप्रसाद आचार्यले नेपालको आफ्नो हवाई जहाज नहुँदा ६० प्रतिशत पर्यटक विदेशी कम्पनीले लिने गरेको बताए। भैरहवा र पोखरा विमानस्थल चलाउनुपर्ने उनको भनाइ थियो। उनले यसका लागि ,दुई छिमेकी मुलुकसँग छलफल हुन जरूरी रहेको बताए।

सांसद सुदन किरातीले पशुपति धर्मशालाको निर्णयको पुनःअधययन गर्ने निर्णय किन गरेको हो भनी मन्त्रीसँग प्रश्न गरे। उनले निजगढ विमानस्थल विस्तृत अध्ययन गरेर मात्र निर्माण गर्नुपर्ने उल्लेख गर्दै नभए विमानस्थल घाम तापेर बस्नुपर्ने अवस्था आउनसक्ने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP