Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

प्रभावकारी कार्यसम्पादन गर्न मन्त्री दाहालको निर्देशन

पोखरा : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारको नीतिअनुसार प्रभावकारी कार्यसम्पादनका लागि कर्मचारीलाई निर्देशन दिएका छन्। सडक विभागद्वारा पोखरामा आयोजना गरिएको ‘आयोजना सञ्चालन तथा व्यवस्थापनसम्बन्धी दुईदिने कार्यशाला’ समापनमा शुक्रबार उनले विकास निर्माणलाई तीव्रता दिई आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नुपर्ने भएकाले सोही ढङ्गबाट तदारुकताका साथ काम गर्न निर्देशन दिएका हुन्।

मन्त्री दाहालले रुग्ण आयोजनाहरूको व्यवस्थापन गर्दै नयाँ आयोजनालाई गति दिनेगरी कार्यक्षेत्रमा खटिन आग्रह छ। असल नियतले कार्यसम्पादन गर्दा कुनै पनि निकायबाट कारबाहीमा परिन्छ कि भन्ने डर नमानी कार्य गर्न र नीतिगत समस्या भए मन्त्रालयले सहजीकरण गर्नेसमेत उनले प्रतिबद्धता जनाए।

“नेपाल अझै पनि निर्माणकै चरणमा रहेकाले अब बन्ने र बनिरहेका संरचनालाई दिगो र सुरक्षित बनाउनेतर्फ ध्यान दिन आवश्यक छ। आयोजनालाई आवश्यकता र उपयोगिताका आधारमा प्राथमिकता दिइ सङ्ख्यात्मक रूपमा मात्र नभई गुणात्मक पक्षमा पनि ध्यान दिन मेरो आग्रह छ”, मन्त्री दाहालले भने,“कुनै पनि आयोजना लामो समयसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्न मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको छ । यस पक्षमा पनि यहाँहरूबाट सहयोग हुनुपर्छ।”

मन्त्रालयका सचिव केशवकुमार शर्माले प्रत्येक आयोजनाको विवरण चुस्त राख्न, अभिलेख प्रणालीलाई व्यवस्थित बनाउन र कार्यक्षेत्रमा रहेर काम गर्न कार्यालय प्रमुख तथा आयोजना प्रमुखलाई निर्देशन दिए।

१७ बुँदे प्रतिबद्धता तथा निर्देशन

कार्यशाला सत्रबुँदे प्रतिबद्धता तथा निर्देशन जारी गर्दै सम्पन्न भएको छ। बढीभन्दा बढी समय कार्यक्षेत्रमा खटिन, अभिलेख प्रणाली व्यवस्थित बनाउन, कार्यसम्पादन विवरण नियमित रूपमा विभागमा पठाउनेलगायत विषय त्यसमा समेटिएका छन्।

यस्तै, रुग्ण आयोजना व्यवस्थापनको कामलाई गति दिन, सञ्चालित आयोजनाको नियमित नियमन गर्नेलगायत विषय पनि यसमा रहेका छन्। उक्त १७ बुँदे प्रतिबद्धता तथा निर्देशनको प्रभावकारी कार्यान्वयन गर्न मन्त्री दाहालले आग्रह गरे।

मन्त्रालयका सचिव शर्माले उल्लेखित विषय कार्यान्वयन भए, नभएको मूल्याङ्कन मन्त्रालयले गर्ने र त्यसलाई दण्ड र पुरस्कारको आधार बनाइने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP