Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

बैंकहरूको कामको परिणाम चित्तबुझ्दो छैन : उद्योगमन्त्री भण्डारी

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बैंक तथा वित्तीय सेवा ग्रामीण क्षेत्रसम्म पुगे पनि उनीहरूको कामको परिणाम चित्तबुझ्दो नभएको बताएका छन्।

शुक्रवार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको वार्षिक साधारणसभामा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताएका हुन्। उनले नेपालमा ७५३ स्थानीय तहमा बैंकिङ पहुँचमा पुग्यो भनेर तथ्यांकमा मात्रै रमाउन नहुने बताए। उनले पहुँचका हिसाबले अहिले सबै पालिकास्तरमा बैंकिङ सेवा पुगे पनि बैंकहरूले प्रभावकारी काम गर्न नसकेको उल्लेख गरे।

उनले बैंकहरूले स्थानीय तहमा गरेको कामको परिणाम राम्रो नभएको गुनासो गरे। उद्योगमन्त्री भण्डारीले स्थानीय तहका बैंकहरूले सामाजिक सुरक्षा भत्ता र सरकारी कारोबारलाई बाहेक अन्य सम्भावना भएको क्षेत्रमा काम गर्न नसकेको आरोप लगाए। उनले स्थानीय तहमा पुगेका बैंकहरूले स्थानीय तहमा भएका सम्भावनाको खोजी गर्न नसकेको दाबी गरे।

उनले सरकारको निर्देशनअनुरूप स्थानीय तहमा बैंकहरू पुगे पनि आयोजनाको बजेट भुक्तानी, सामाजिक सुरक्षा भत्ता, शिक्षक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलबभत्ता बाँडेर मात्रै बैंकिङ पहुँच सुदृढ नहुने बताए।

उनले बैंक तथा वित्तीय संस्थाहरू सम्भावनाको खोजीभन्दा पनि अन्तै बरालिँदै आएको बताए। उनले स्थानीय तहमा पुगेका बैंकहरूले पनि जल, जङ्गल, जमिन, खानी, उद्योगका सम्भावना खोज्न जरुरी रहेको बताए। उनले अहिले मानिसहरू पहाडबाट तराई र तराईबाट राजधानी झर्ने र राजधानीबाट विदेश पलायन हुने अवस्था रहेको भन्दै त्यसलाई फर्काउनुपर्ने अवस्था रहेको बताए।

उनले भने, ‘पहुँचका हिसाबले अहिले सबै पालिकास्तरमा बैंकिङ सेवा पुगेको छ तर बैंकहरूले स्थानीय तहमा गरेको काम चित्तबुझ्दो छैन‚ परिणाम राम्रो छैन। बैंकहरूले सामाजिक सुरक्षाभत्ता र सरकारी कारोबार बाहेक सम्भावनाको खोजी गर्न सकेन भन्ने मेरो मान्यता हो।’

मन्त्री भण्डारीले वित्तीय क्षेत्रमा अहिलेसम्म भएको उपलब्धि प्रमुख राजनीतिक दलहरूको रहेको उल्लेख गरे। उहाँले सरकारसँग निजी क्षेत्र, बैंकर्स र उद्योगी व्यवसायीले खोजेको नीतिगत सुधारको अपेक्षा देखिएको बताए। उनले विगतमा बनाएका विद्यमान नीतिहरू अहिले बाधक भएकाले सरकारले सुधार आवश्यक महसुस गरेको उल्लेख गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP