Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

विश्वविद्यालयभित्र दलीय प्रभाव अन्त्य हुनुपर्छ : शिक्षामन्त्री भट्टराई

 

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयभित्र दलीय प्रभाव अन्त्य गर्न जरुरी रहेको बताएकी छन्।

शुक्रवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफलमा बोल्दै मन्त्री भट्टराईले यस्तो बताएकी हुन्।

उनले विश्वविद्यालयभित्रको दलीय प्रभाव र दबाव अन्त्य गर्ने गरी विधेयक ल्याउनुपर्ने बताइन्। उनले अब विश्वविद्यालय कस्तो हुने? भन्ने किसिमको निर्धारण हुने गरी विधेयक बनाउनुपर्ने बताइन्। उनले विश्वविद्यालयभित्रका अराजनीतिक गतिविधि अन्त्य गर्नुपर्ने गरी ऐन ल्याउनुपर्ने बताइन्। अहिलेको ड्राफ्टमा नआए पनि समितिले छलफल गरेर अघि बढाउन सक्ने बताइन्।

शिक्षामन्त्री भट्टराईले भनिन्, ‘विश्वविद्यालयभित्र भएको दलीय प्रभाव र दबाव अन्त्य गर्ने गरी ऐन बनाउने कुरामा सोचौँ भन्छु। त्यहाँ हुने अराजनीतिक गतिविधि अन्त्य गर्ने हो भने विश्वविद्यालयको स्टाटस के हो त ? कस्तो हुनुपर्छ भन्ने कुरा यो ऐनमा व्याख्या गरौँ।’

मन्त्री भट्टराईले विश्वविद्यालयभित्रका अराजनीतिक गतिविधि अन्त्य गर्न जरुरी रहेको बताइन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP