काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले अत्यावश्यक कानून निर्माणका लागि संसद् हुँदै समितिमा पठाएको आठ महिनासम्म पनि विधेयक पास हुन नसक्दा सांसदको काममाथि प्रश्न उठेको बताएका छन्।
मंगलवारको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले ‘सरकारले अत्यावश्यक कानून निर्माणका लागि संसद् हुँदै समितिमा पठाइसक्दा पनि आठ महिनासम्म पनि विधेयक पारित नहुनु दुःखको विषय भएको बताएका हुन्। उनले समितिबाट विधेयक पारित हुन नसक्नुले सांसदहरूका काममाथि प्रश्न उठेको बताए।
उनले एउटा कानून बनाउन एक वर्षको समय लाग्ने कुराबाट देश विकास हुन नसक्ने बताए। समितिले विचाराधीन विधेयकलाई छिटोभन्दा छिटो पारित गर्ने गरी अघि बढ्न जरुरी रहेको बताए। अहिलेका विद्यमान कानूनका जटिलताबाट सरकार आजित रहेको बताए। समितिलाई पर्याप्त बिजनेस दिन मन्त्रालय तयार रहेको उनले बताए। मन्त्री भण्डारीले समितिलाई आग्रह गर्ने अधिकार सरकारको रहेको बताए।
मन्त्री भण्डारीले भने‚ ‘सरकारले अत्यावश्यक कानून निर्माणका लागि संसद् हुँदै समितिमा पठाइसक्दा पनि आठ महिना लाग्छ भने हामीले के गर्यौँ भन्ने खोजी गर्ने हो कि? आठ आठ महिनासम्म निष्कर्षमा नपुग्ने। एउटा कानून बनाउन एक वर्ष लगाउँछौँ भने हामी के गर्छौं ? अब यसलाई हामी कुन रूपबाट टुंग्याऔँ।’
मन्त्रीले आफ्नो धारणा राख्दै गर्दा समिति सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले मन्त्रीले समितिमाथिको काम कारबाहीमा औंला उठाउन नपाउने बताए। समितिमा काम, कारबाही कसरी अघि बढेको छ भन्नेबारेमा जानकारी गराउने जिम्मेवारी सभापतिको भएको बताए।
समितिको बैठकमा बोल्दै समिति सभापति अब्दुल खानले सरकारबाट आएका आग्रहलाई समितिले स्वीकार गर्ने बताए। सभापति खानले कानून बनाउँदा, दिगो, विश्वसनीय ढंगले बनाउनुपर्ने भएकाले समय लागेको बताए। एउटा कानून पास नहुँदा अर्को कानून ल्याउन नसकिने भन्ने नरहेको उनको कथन छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया