काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतमा आज विहान गएको भूकम्पबाट अमूल्य जीवन र सम्पत्ति क्षति भएकोमा गहिरो दुःख व्यक्त गरेका छन्।
राष्ट्रपतिले सामाजिक सञ्जाल एक्समार्फत भूकम्पमा ज्यान गुमाएकाहरूका परिवारजनमा हार्दिक समवेदना एवं सहानुभूति प्रकट गर्दै घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
साथै उनले गहिरो शोकको यो घडीमा नेपाल चीन र त्यहाँका जनताका साथमा रहेको उल्लेख गरेका छन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया