Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

सूर्यदर्शन सहकारी ठगी : आज थुनछेक बहस सक्ने तयारी

 

काठमाडौं : सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरुको थुनछेक बहस आज सक्ने तयारी गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सात प्रतिवादीको थुनछेक बहस जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासमा भइरहेको छ।
सम्भव भएसम्म आज बेलुकीसम्म बाँकी ३ जना प्रतिवादीहरु कृष्णबहादुर गुरुङ, आरती गुरुङ, र पूर्वसांसद मीना गुरुङका तर्फबाट कानुन व्यवसायीहरुको बहस सक्ने तयारी गरिएको अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए।

यसअघि हिजो रास्वपा सभापति लामिछानेतर्फका कानुन व्यवसायीको बहस सकिएको थियो। लामिछाने पक्षका कानुन व्यवसायीको बहस सकिएसँगै अर्का प्रतिवादी रामबहादुर खनालतर्फका कानुन व्यवसायीको बहस पनि हिजै शुरु भएको थियो।

खनालका तर्फबाट भने हिजो उज्ववल सापकोटा र वरिष्ठ अधिवक्ता विरेन्द्र केसीले बहस गरे। खनाल पक्षबाट आज एक जनाले बहस गर्ने श्रेस्तेदार खनालले बताए। आज सबै प्रतिवादीका तर्फबाट बहश सकिएको खण्डमा भोलिदेखि सरकारी वकिललाई जवाफी बहस गराउने अदालतको तयारी छ।

जवाफी बहस सकिएपछि अदालतले प्रतिवादीहरु सबै वा केहीलाई साधारण तारेख वा धरौटीमा रिहा गर्ने अथवा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश गर्नेछ।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP