Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

सशस्त्र प्रहरीका चार नायव महानिरीक्षकहरूको १ वर्ष पदावधि थप गर्ने सरकारको निर्णय

 

काठमाडौं : सरकारले परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।​सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन बोल्दै नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको जानकारी दिए।

उनले मन्त्रिपपरिषद् बैठकले सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु कमल गिरी, गणेशबहादुर ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको १ वर्ष पदावधि थप गर्ने निर्णय समेत गरेको बताए।

उनले २०८१ फागुन १२ देखि १५ गतेसम्म इटालीको रोममा आयोजना हुने जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्रीलाई स्वीकृत दिने निर्णय गरेको बताउए।

प्रवक्ता गुरुङले सरकारले सहसचिव विष्णुप्रसाद शर्मालाई विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकको रुपमा काम गर्नेगरी काजमा खटाउने निर्णय गरेको बताए।

उनले पुस २६ र २७ गते काठमाडौंमा हुने नेपाल भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समितिको बैठकमा हुन वार्ता तथा छलफलको कार्यसूची स्वीकृत गरी बैठकमा सहभागी हुन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको पनि जानकारी दिए।

उनले २०८१ माघ २८ देखि ३० गतेसम्म फिलिपिन्सको मनिलामा सञ्चालन हुने वर्कसप अन इन्हान्सिङ एसआई–सिएसओ इंगेजमेण्ट इन द एएसओएसएआई रिलिजन कार्यक्रममा सहभागि हुन उपमहालेखापरक्षक बामदेव शर्मा अधिकारीलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको पनि बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP