Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

विमानस्थल चलेन भनेर धेरै निराश हुने अवस्था छैन : पर्यटनमन्त्री पाण्डे

 

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थल चाँडै सञ्चालनमा आउने बताएका छन्।

शुक्रवार पोखरामा सुनौलो नेपालको गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि सम्पूर्ण रुपमा प्रयास गरिरहेको बताए।

उनले पोखरामा निजी क्षेत्रले लगानी गर्ने वातावरण बनाउनासाथ विमानस्थल सञ्चालनमा आउने देखिएकाले लगानीको वातावरण बनाउने प्रयासमा सरकार रहेको बताए। उनले सरकारले पोखरा र गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको लागि मन्त्रीपरिषद्बाट उडान कम्पनीहरुलाई सहुलियतको घोषणा गरेको बताए।

उनले उक्त सहुलियत कार्यान्वयनमा रहेको भन्दै केही ढिलाई भएको विषयमा सरकार सचेत रहेको बताए। उनले सरकारले बनाएको कार्ययोजनाअनुसार कुन मन्त्रालयले कति काम ग¥यो? भनेर प्रधानमन्त्रीको तहमा मूल्याङ्क गर्ने तयारीमा रहेको बताए।

उनले भारतका विभिन्न प्रान्तहरुमा पोखराबाट उडानको लागि प्रयासहरु जारी रहेको पनि जानकारी दिए। उनले चिनियाँ पक्षसँग पनि बारम्बार छलफल भइरहेको भन्दै चाँडै हिमालय एयरलाइन्सलाई चीनको लाशामा उडानका लागि अनुमति दिने तयारी रहेको बताए।

उनले सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट उडान गर्न आग्रह गरिएको बताए। उनले अन्य ठाउँको उडान कटौती गरेर नेपाल एयरलाइन्सले कुनै एउटा देशको उडान गर्न आग्रह गरेको र बुद्ध एयरलाइन्सले पनि आफैँ गर्ने प्रयास गरिरहेको बताए।

उनले विमानस्थल चलेन भनेर धेरै निराश हुने अवस्था नभएको बताए। उनले सरकारले दुवै विमानस्थल चलाएर छोड्ने प्रतिबद्धता पनि जनाए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP