Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

कांग्रेसको निष्कर्ष : एमालेसँग कुनै समस्या छैन

 

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसले सत्तासाझेदार दल नेकपा एमालेसँग कुनै पनि समस्या नरहेको निष्कर्ष निकालेको छ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार बसेको संघीय संसदीय दलको कार्यसमितिको बैठकले यस्तो निष्कर्ष निकालेको गृहमन्त्री रमेश लेखकले बताए।

सत्ता गठबन्धन दलभित्र समस्या रहेको चर्चा चलिरहेका बेला कांग्रेसले यस्तो निष्कर्ष निकालेको हो।

बैठकमा पार्टी पदाधिकारी, सरकारमा सहभागी मन्त्रीहरू र संसदीय दल कार्यसमितिका पदाधिकारी सहभागी थिए।

‘नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको छ। हाम्रा बीचमा कुनै समस्या छैन। दुई दल सम्मिलित सरकारमा कुनै बाधा, व्यवधान अफ्ठेरो छैन भन्ने हाम्रो निष्कर्ष हो।’ बैठकपछि गृहमन्त्री लेखकले भने।

बैठकमा सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति अनुसार समीकरण अगाडि लैजाने कुरामै केन्द्रित भएर काम गर्न निर्देशन दिएको उनले बताए।

नागरिकलाई बढिभन्दा बढि सेवा प्रवाह गर्ने, सुशासन कायम गर्ने र आर्थिक समृद्धिमा मुलुकलाई लैजाने गरी मन्त्रीहरूले काम गर्नुपर्ने निष्कर्ष पनि बैठकले निकालेको गृहमन्त्री लेखकले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP