Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

घरजग्गा व्यवसायीद्वारा अध्यादेशको स्वागत, हदबन्दी छुट दिँदा व्यवसायी उत्साहित

काठमाडौं : नेपाल जग्गा तथा आवास विकास महासंघले सरकारले ल्याएको अध्यादेशलाई स्वागत गरेको छ।

सरकारले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि गर्न भन्दै एकसाथ दर्जन कानुन संशोधन गरेको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले भूमिसम्बन्धी अध्यादेश निकै सकारात्मक रहेको भन्दै घरजग्गा व्यवसायीहरुले स्वागत गरेका हो।

उक्त संशोधनमा भूमिसम्बन्धी व्यवस्थालाई पनि परिमार्जन गरेको छ। सरकारको यो सुधारले घरजग्गा व्यवसायीहरुलाई मात्रै नभएर समग्र निजी क्षेत्रलाई उत्साहित बनाएको प्रतिक्रिया दिएका छन्। पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले सरकारले ल्याएको अध्यादेश स्वागतयोग्य रहेको बताए।

उनले सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश निकै सकारात्मक रहेको उल्लेख गरे। उनले हाउजिङमा विदेशी लगानी भित्र्याउन आवश्यक रहेको बताए। उनले जग्गाको कारोबार विद्युतीय माध्यमबाट गर्न सरकारलाई सुझाव दिए।

उनले जग्गाको मूल्य र कर्जा धितोको अनुपातका साथ आवास खरिदका लागि आम्दानीको स्रोत खुलाउनुपर्ने हालको व्यवस्थालाई नेपाल राष्ट्र बैंकले लचकता अपनाएर पुनरावलोकन गर्न आग्रह गरे।

उनले सरकारले घरजग्गामा लाग्दै आएको हदबन्दीमा सुधार स्वागतयोग्य गरेको बताए।

उनले घर जग्गाको कारोबार राष्ट्र बैंकका कारण बढ्न नसकेको आरोप लगाए। उनले सरकारले घरजग्गा कारोबारमा ल्याण्डपुलिङ र हाउस पुलिङमा निजी क्षेत्रलाई सहभागिता गराउन आवश्यक रहेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP