Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

गृहमन्त्री लेखकसँग भेट गरे एडिबी निर्देशक कोस्बाले

 

काठमाडौँ : गृहमन्त्री रमेश लेखक र एशियाली विकास बैंक (एडिबी)का काठमाडौँस्थित देशीय निर्देशक आर्नो कोस्वाबीच आज भेटवार्ता भएको छ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा गृहमन्त्री लेखकले भौतिक पूर्वाधार निर्माणमा एडिबीले पुर्‍याएको योगदानप्रति धन्यवाद ज्ञापन गरे।

साथै मन्त्री लेखकले पूर्व–पश्चिम राजमार्गको गड्डाचौकी–कोहलपुर खण्ड स्तरोन्नति, सुदूरपश्चिमको महत्वपूर्ण व्यापारिक नाकाका रुपमा विकास गर्न थालिएको महाकाली करिडोरको सडक निर्माणमा सहयोग, कैलालीको गोदावरीदेखि डडेल्धुरासम्मको सडक स्तरोन्नति, भारतीय सहयोगमा निर्माणको प्रक्रियामा रहेको दोधारा चाँदनी सुख्खा बन्दरगाह वरपर अन्य भौतिक संरचना निर्माण गरी नमूना सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्न एडिबीसित आग्रह गरे।

त्यसैगरी मन्त्री लेखक र एडिबी निर्देशक कोस्वाबीच सुदूरपश्चिम पालिकामा एडिबीको सहयोगमा बनिरहेका आधुनिक शहरको निर्माणलाई थप निरन्तरता र सुदूरपश्चिमको धार्मिक पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा सहयोगका विषयमा छलफल भएको छ।

एडिबी प्रतिनिधिसितको छलफलमा मन्त्री लेखकले गत वर्ष एडिबीले सुदूरपश्चिमको पर्यटकीय विकासका लागि गरेको ‘सर्भे रिपोर्ट’ कार्यान्वयनमा समेत जोड दिए। एडिबीका निर्देशक कोस्वाले उक्त विषयमा एडिबीको माथिल्लो तहसित छलफल गरी जवाफ दिने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP