Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

प्रदेश सांसदको गुनासो – महिला भएकै कारण विभेदमा पर्‍यौँ

 

धनुषा : मधेश प्रदेशसभाका महिला प्रदेशसभा सदस्यहरुले महिला भएकै कारण विभेद हुने गरेको गुनासो गरेका छन्।

लैङ्गिक संवेदनशील संसदीय रिपोर्टिङ्गसम्बन्धी तीन दिवसीय कार्यशालाको समापन कार्यक्रममा बोल्दै आज महिला प्रदेशसभा सदस्यहरुले सदन बाहिर तथा सदनभित्र दुवै स्थानमा आफूहरुमाथि विभेद हुने गरेको दुखेसो गरेका हुन्।

मधेस प्रदेशसभाका उपसभामुख बबिता राउत इसरले भनिन्, “महिलाले राजनीतिमा अवसर पाउन सजिलो छैन। म लामो सङ्घर्ष पश्चात नै राजनीतिमा अवसर पाएको हुँ।” उनले महिलाहरुको राजनीतिमा सङ्ख्यात्मक उपस्थिति बढे पनि त्यसलाई गुणात्मक उपस्थितिमा बदल्न सञ्चार जगतको साथ र सहयोग आवश्यक रहेको बताइन्।

सो कार्यक्रममा प्रदेशसभा सदस्य किरण साहले प्रदेशसभा सदस्य शाहिदा खातुनमाथि भएको आक्रमणको विषयमा मिलेर आवाज उठाउनुपर्ने बताइन्।

प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेसका सचेतक जिवछी यादवले महिला प्रदेशसभा सदस्यलाई बजेट विनियोजन तथा निर्णय प्रकृयामा सहभागी गराउनुपर्ने र महिला राजनीतिकर्मीले उठाएका समस्यालाई गम्भिरतापूर्वक लिन आग्रह गरिन्। उनले महिला प्रदेशसभा सदस्यले सरकारलाई दिने सुझावको कुनै सुनुवाइ नहुने गरेको आरोपसमेत लगाइन्।

त्यसैगरी, अर्का प्रदेशसभा सदस्य अनिताकुमारी साहले महिला प्रदेशसभा सदस्यको आवाज सरकारले नसुन्ने गरेको गुनासो गरिन्। कार्यक्रममा प्रदेशसभा सदस्य शाहिदा खातुनले आफूमाथि भएको आक्रमणको विषयमा जानकारी गराउँदै सरकारले न्यायका लागि कुनै पहल नगरेको बताइन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP