Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

सरकारले ६ महिनामा गरेको कामको पनि समीक्षा गर्छौं : लिङ्देन

 

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौंमा सुरु भएको छ। शुक्रबारदेखि काठमाडौंको धुम्बाराहीस्थित एक होटलमा बैठक शुरु भएको हो।

बैठकमा वर्तमान समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, ओली सरकारको ६ महिनाको समिक्षा,पार्टीको भावी कार्यदिशा, संगठन सुदृढीकरण, पार्टीको स्थानीय तहको अधिवेशन र पार्टी जीवनका विविध पक्षमा छलफल गर्ने तयारीको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए।

अध्यक्ष लिङदेनले बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बैठकमा नेकपा एमाले र नेपाली काँग्रेस दुई ठूला पार्टी मिलेर बनेको सरकारको पछिल्ला गतिविधिको बारेमा समिक्षा गर्ने तयारी रहेको बताए। उनले सरकारले संसदलाई छलेर अध्यादेशबाट शासन गर्न खोजेको आरोप लगाए।

उनले नियमित संसद बोलाउन पनि प्रतिपक्षहरूले दबाब दिनुपर्ने स्थिति बनेको बताए। उनले वर्तमान सरकार सञ्चालन भएदेखि अहिलेसम्मको बीचमा जनतामा आशा जागृत हुनुपर्नेमा जनतामा थप निराशा पैदा भएको बताए।

अर्थतन्त्र शिथिल र कमजोर भएको भएको सरकारले महँगी नियन्त्रण गर्न नसकेको दाबी गरे। उनले सिमेन्टलगायत निर्माण सामाग्रीमा चरम मूल्यवृद्धि हुँदा पनि सरकार अन्देखा भएर बसेको आरोप लगाए।

उनले कमजोर वैदेशिक सम्बन्ध र असन्तुलित परराष्ट्रनीति कारण मुलुक भूराजनीतिक चक्रव्युहमा फस्ने खतरा बढेर गएको उल्लेख गरे। उनले सरकारले प्रजातन्त्रलाई समेत कमजोर बनाउने उद्देश्यले संसदलाई छलेर अध्यादेशबाट मुलुकलाई सञ्चालन गरेको बताए।

उनले भने, ‘लामो समयपछि केन्द्रिय कमिटिको बैठक प्रारम्भ हुँदैछ। नेकपा एमाले र नेपाली काँग्रेस जस्ता दुई ठूला पार्टी मिलेर सरकार बनेको पनि ६ महिना भएको छ। यसको विषयमा पनि समीक्षा हुने छ। बीचमा जनतामा जुन आशा जागृत हुनु पर्ने हो। जनतामा थप निरासा पैदा भएको छ। अर्थतन्त्र सिथिल र कमजोर भएको छ। महँगी बढेर गएको छ। सिमेन्ट लगायत निर्माण सामाग्रीमा चरम मूल्यवृद्धि भएको छ। सरकार अन्देखा भएर बसेको छ।’

उनले बैठकमा पार्टीको आन्तरिक विषयमा छलफल गरी व्यवस्था बदल्ने आगामी रणनीति बनाउने पनि बताए। पार्टीले वैशाख मसान्तसम्म सबै जिल्ला अधिवेशन सम्पन्न गर्नेगरी काम गरिरहेकाले त्यसको समीक्षा हुने उनको भनाइ छ। देश र जनताको अवस्था परिवर्तन व्यवस्था नै परिवर्तन गराउने आन्दोलनको विषयमा पनि छलफल हुने भन्दै संसदमा पार्टीको भूमिका प्रभावकारी बनाउने विषयमा पनि छलफल हुने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP