Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

संसद्‌ अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

 

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन नै संसद्‌मा सम्बोधन गर्ने भएका छन्। संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएको छ।

उक्त दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले थाहा खबरलाई जानकारी दिए।

आइतबार सभामुख देवराज घिमिरेले सत्तारूढ दलका सचेतक र प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। त्यसक्रममा सभामुखलाई प्रधानमन्त्रीले पहिलो दिन नै सम्बोधन गर्ने तय भएको बारेमा जानकारी दिएको पनि बताए।

सभामुखसँगको छलफल संसद्को प्रभावकारीताबारे केन्द्रित रहेको प्रमुख सचेतक बर्तौलाले सुनाए। ‘सभामुखसँग मुख्यतः संसद्को प्रभावकारीताकै विषयमा छलफल भयो’, उनले भने, ‘संसदमा विचाराधीन विधेयकलाई शीघ्र अघि बढाउने, अब सरकारले ल्याउने विधेयक लगायतका विषयमा छलफल भयो ।’

सभामुख घिमिरेले आइतबार नै प्रमुख प्रतिपक्षीसहित विपक्षी दलका प्रमुख सचेतकसँग पनि छलफल गर्दै छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP