काठमाडौं : सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको थुनछेक बहस अन्तिम चरणमा पुगेको छ। जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबारदेखि जारी बहस आज अन्तिम चरणमा रहेको अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले थाहा संचार नेटवर्कलाई जानकारी दिए।
श्रेस्तेदार ज्ञवालीका अनुसार लामीछानेका तर्फबाट आज दुईजना कानुन व्यवसायिले बहस गरेका छन् । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठको बहस सकिएपछि अधिवक्ता राजेन्द्र सेढाईले बहस गरेका हुन्। बुटवलको सुप्रिम सहकारीको रकम ठगीको बयानका लागि लामिछानेका तर्फबाट बहस गर्न १० जनाभन्दा बढी कानुन व्यवसायीले वकालतनामा बुझाएका थिए। आज थुनछेक आदेश आउन सक्ने सम्भावना रहेको श्रेस्तेदार ज्ञवालीले जानकारी दिए।
थुनछेक बहस सकिएपछि जाहेरवाला र प्रतिवादीतर्फका वकिलहरूले जवाफी बहस गर्नेछन्। त्यसपछि अदालतले आदेश दिनेछ। आज थुनछेक आदेश आउन सक्ने सम्भावना रहेको श्रेस्तेदार ज्ञवालीले जानकारी दिए।
पर्सा र चितवन लगायतका जिल्लामा पनि रविको मुद्धा विचाराधीन अवस्थामा छ। यसअघि उनी कास्की जिल्ला अदालतबाट ६५ लाख र काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका थिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया