Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

नेपालको गणतन्त्र जनताको गणतन्त्र बन्न सकेन : विप्लव

 

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालको गणतन्त्र जनताको गणतन्त्र बन्न नसकेको भन्दै आक्रोश पोखेका छन्।

आइतवार राजधानीमा आयोजित नेकपा ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नेपालको राजनीति आन्दोलन र संघर्षका वेलासम्म जनतातर्फ फर्किए पनि तर निर्माणका वेला जनतातिर नफर्किएको उनको तर्क छ। यो विदेशतिर फर्किएको उनको गुनासो छ। त्यसैकारण देशले समस्या भोग्नुपरेको उनको बुझाइ छ।

आगामी पुस्ता देश र आन्दोलनप्रति विश्वस्त हुन नसकेको पनि उनले चर्चा गरे।

उनले भने‚ ‘हाम्रो देश महान् देश हो। दोस्रो विश्वयुद्धसम्म आउँदा साम्राज्यवादीको अतिक्रमणमा पनि नियन्त्रणमा नगएको देश हो। हाम्रा पुर्खाहरू महान् हुन्। आउँदै गरेको पुस्तालाई लिएर साथमा लिएर फेरि पनि महान् बनाऊँ।’

नेपालका मध्यमवर्ग, बुद्धिजीवी र व्यवसायी आफूहरूका मित्र भएको घोषणा गरेका छन्।

यसैगरी कार्यक्रममा उनले आफ्नो पार्टीका कुनै नेता तथा कार्यकर्तालाई घरमा खाने समस्या नरहेको दाबी गरेका छन्। नेकपाले कृषि क्षेत्रमा आत्मनिर्भर हुन गरेको अथक मेहनतले यस्तो अवस्था सिर्जना भएको उनको भनाइ छ।

उनले सोमवार राजधानीकै बूढानीलकण्ठमा व्यापारिक केन्द्र खोल्न लागिएको पनि जानकारी गराए। ‘भोलि नै हामी बूढानीलकण्ठमा सी व्यापार केन्द्र पनि खोल्दै छौँ’‚ उनले भने।

उनले विदेशबाट चामल आयात गर्नुपर्ने अवस्था हटाएर गरिब देशलाई सहयोग गर्ने चाहना आफूहरूको रहेको तर्क गरे।

उनले भने, ‘संघर्षबाट आएका हौँ। नेपाली जनताको मन छामेका छौँ। नेपालका मध्यमवर्ग, बुद्धिजीवी र व्यवसायी हाम्रा मित्र हुन्।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP