Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

निर्धारित समयमा अखिल क्रान्तिकारीको मतगणना सुरु हुन सकेन

 

१४ माघ, काठमाडौं । अखिल क्रान्तिकारीको २३ औं सम्मेलनमा विवाद साम्य नहुँदा निर्धारित समयमा मतगणना सुरु नहुने भएको छ । मधेशको मतगणनाको विवाद साम्य भएपनि मसीको विवाद कायम रहेकाले गणना सुरु हुन नसकेको विद्यार्थी नेताहरूले जानकारी गराएका छन् ।

विश्वविद्यालय र विशेष प्रदेशको मतगणना सुरु गर्नुअघि निर्वाचन समितिले कालो मसीले मतदान भएको जानकारी गराएपछि उम्मेदवारका प्रतिनिधिहरूमा विवाद भएको थियो । मतदान गर्ने स्थानमा रातो साइनपेन राखिएको थियो । तर, कालो मसीले पनि मतदान भएको जानकारी निर्वाचन समितिका प्रतिनिधिहरूले जानकारी गराएका थिए ।

 

संगठनको पूर्व अध्यक्ष पञ्चा सिंहले विवादमा सहमति जुटेका जनाउँदै सोमबार मध्यान्ह १२ बजेबाट गणना सुरु हुने दाबी गरेकी थिइन् । तर, उपमहासचिव जनार्दन शर्मा पक्षले भने मसीको विवाद कायमै रहेकाले गणना सुरु हुन नसक्ने जनाएको छ । संगठनका पूर्व उपाध्यक्ष क्षितिज सापकोटाले मसीको विवादमा सहमति जुट्न नसकि गणना सुरु हुन नसक्ने जानकारी गराए ।

विश्वविद्यालय प्रदेश समिति अन्तर्गत निर्वाचन समितका अर्जुन अधिकारी र उपत्यका विशेष समितिका निर्वाचन समिति सदस्य प्रा.डा. जगत पोखरेलले गएराति विज्ञप्ति निकालेर सोमबार १२ बजेबाट मतगणना सुरु हुने जानकारी गराएका थिए ।

 

नयाँ कमिटीको लागि शनिबार भएको मतदानमा पार्टी नेताहरू अनुसारको संगठनका प्यानल बनेको थियो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षधरबाट विजयप्रकाश शर्मा सापकोटाले प्यानल खडा गरेका थिए ।

उपाध्यक्ष नारायणकाजी पक्षबाट उपदेश यादव, उपमहासचिव जनार्दन शर्मा समूहबाट हेमन्त राई, अर्का उपाध्यक्ष वर्षमान पुनपक्षबाट सुदीन पौडेलको नेतृत्वमा प्यानल बनेको छ । विश्वविद्यालय र उपत्यका विशेषको मतगणना हुनु अघि अध्यक्षमा सापकोटाले सबैभन्दा बढी मत पाएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP