Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

अधिवेशनको तयारीबारे छलफल गर्न आज कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं : संघीय संसद्को हिउँदे अधिवेशनको तयारीस्वरूप मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ।

प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यस्था समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ भने राष्ट्रिय सभा अन्तर्गतको कार्यव्यस्था समितिको बैठक दिउँसो १२ बजेका लागि बोलाइएको छ।

अधिवेशन आह्वान भएपछि पहिलोपटक बस्न लागेको बैठकमा संसद्को पहिलो दिनको बैठकको तयारीबारे छलफल हुने संसद् सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए। उनका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकले तयार भएका क्यालेण्डर परिमाजर्नसमेत गर्न सक्नेछ।

यही माघ १८ गते शुक्रबार शुुरु हुने संघीय संसदको हिउँदे अधिवेशनको तयारी तीव्र पारिएको छ । सभामुख देवराज घिमिरेले हिजो दलका मुख्य सचेतक र सचेतकहरूसँग सिंहदरबारमा छलफल गरेका थिए। यसअघि उनले आइतबार सत्तापक्ष र प्रतिपक्षका मुख्य सचेतक र सचेतकसँग छुट्टाछुट्टै छलफल गरेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP