Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

एमाले संसदीय दलको बैठक आज

काठमाडौं : नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । दिउँसो १ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।

संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीति तय गर्न संसदीय दलको बैठक बस्न लागेको हो। बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा छलफल हुनेछ। यस्तै संसद्लाई कसरी प्रभावकारी बनाउने र सांसद कसरी प्रस्तुत हुने भन्नेबारे ठोस योजना बनाउने प्रमुख सचेतक बर्तौलाले बताए।

बैठकमा सरकारले ल्याएका अध्यादेशको बचाउमा एकमत भएर जान प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले निर्देशन दिनेछन्। सरकारले संसद् नबोलाएर अध्यादेश ल्याएको विषयलाई प्रतिपक्षी दलले संसदमा जोडतोडका साथ उठाउने तयारी गरिरहँदा त्यसको प्रतिवादको रणनीति पनि एमालेले बनाउनेछ।

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले संसदीय दलको बैठक राखेर आफ्ना सांसदलाई अध्यादेशको पक्षमा बोल्न निर्देशन दिइसकेको छ। संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबार शुरु हुँदैछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP