Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

काँग्रेस प्रमुख सचेतकले अध्यादेशबाट सरकार चलाउँछौँ भने : माओवादी प्रमुख सचतेक पाण्डे

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले काँग्रेस प्रमुख सचेतकले अध्यादेशबाट सरकार चलाउने कुरा गरेको भन्दै आपत्ति जनाएका छन्।

मंगलवार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो आरोप लगाएका हुन्। उनले काँग्रेस प्रमुख सचेतक श्याम घिमिरेले अब सरकारले अध्यादेशबाट सरकार चलाउने कुरा गरेको भन्दै यो कुरा प्रतिपक्ष र जनताका लागि राम्रो नभएको बताए। उनले अध्यादेशबाट सरकार चलाउने कुरा जनता र विपक्षी दलहरूका लागि महत्त्वपूर्ण रहेको दावी गरे।

प्रमुख सचेतक पाण्डेले भने‚ ‘मन्त्रीज्युले सरकारको आवश्यकता भएकाले अध्यादेश ल्यायौँ भन्नुभयो। त्यसपछि सदनको सबैभन्दा ठूलो दलको प्रमुख सचेतक माननीज्यूले अब त सरकार अध्यादेशबाट नै चलाउने हो भन्नुभयो। मैले प्रतिप्रश्न गरेँ। यसअघि पनि संसद् विघटन भएकै हो। अहिले ६ वटा त आएकै छ। त्यो ६ वटा अध्यादेश अहिले धेरै दिन छैन, यति थोरै समयमा किन ल्याउनुपर्‍यो भन्दा सदनमा विधेयक छिटो नआएपछि सरकार त अध्यादेश ल्याएर चलाउँछ भन्नुभयो। यो संसद्‌मा गम्भीर ढंगले प्रश्न उठाउँछौँ।’

प्रमुख सचेतक पाण्डेले अध्यादेशको बारेमा प्रमुख प्रतिपक्ष दलले संसदमा गम्भीर ढंगले आवाज उठाउने बताए।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP