Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

सत्तापक्षसँग जोडिएका नेतालाई छुट, अरूलाई कानुन लाग्ने किन? : राजेन्द्र लिङ्देन

 

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान सरकार अहिले पनि भ्रष्टाचार र भ्रष्टाचारी संरक्षणमै लागिरहेको आरोप लगाएको छ। शुक्रवारको प्रतिनिधिसभामा अध्यक्ष राजेन्द्र लिङ्देनले यस्तो अरोप लगाएका हुन्।

विपक्षीहरूको दबाबपछि संसद् आह्वान गरिको बताउँदै बैठकको प्रारम्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुनाएका सरकारको उपलब्धि नियमित काम मात्रै भएको बताए। उनले सरकारले आशा जगाउने एउटा पनि काम गर्न नसकेको बताए।

‘बैठकको सुरुमा उहाँ(प्रधानमन्त्री)ले जुन उपलब्धि सुनाउनुभयो। सुरुङ्मार्गको ब्रेक थु, बंगलादेशसँग विद्युत् व्यापार सम्झौता भयोलगयत के के भन्नुभयो’, उनले प्रश्न गरे, ‘तर यो सरकार नभए ती काम हुँदैनथ्यो? कांग्रेस एमाले मिलेर बनेको सरकारको उपलब्धि यही हो ? यसो हो भने मुलुकमा सरकार छैन भने हुन्छ। नियमित कुरालाई पनि आफ्नो उपलब्धि भन्ने? सुशासनको क्षेत्रमा के गर्‍ ? आशा जगाउने काम के गर्‍यो ? अर्थतन्त्रमा के सुधार गर्‍यो ? यी सबै हेर्दा गएको ६ महिना यो सरकारको निराशाजनक काम छ। यो सरकार अहिले पनि भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षणमै लागिरहेको छ।’

अध्यक्ष लिङ्देनले रास्वपा सभापतिलाई ८४ दिन हिरासतमा राखिएको तर त्यही प्रकृतिको मुद्दामा कांग्रेस एमालेका नेताहरूलाई भने उन्मुक्ति दिइएको भन्दै आपत्ति जनाए।

‘एउटा पार्टीको सभापति ८४ दिन हिारसतमा बस्नुभयो। रवि लामिछानेले बदमासी नै गर्नु भएको छैन त म भन्दिन किन भने त्यो न्याय निरुपणको कुरा छ’, उनले भने, ‘त्यही प्रकृतिको मुद्दामा तपाईँहरूको पार्टीको मान्छेले चाहिँ एक दिन पनि हिरात बस्नु नपर्ने? कानुन त बराबर लाग्नुपर्छ होला नि त सबैलाई?’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP