Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

राजनीतिक शुद्धताविना देशले काँचुली फेर्दैन : सर्वेन्द्र खनाल

काठमाडौँ : पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देशलाई सुनौलो र समृद्ध बनाउने काम पूर्वसुरक्षाकर्मीले गर्नुपर्ने बताएका छन्।

शनिवार काठमाडौँमा पूर्व सुरक्षाकर्मी परिषद् नेपालको चौथो वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन्। उनले देशलाई समृद्ध र सुनौलो नबनाएसम्म पूर्वसुरक्षाकर्मीलाई चैन नहुने बताए। उनले समृद्ध देश नबनाएसम्म आफूहरू शान्त भएर बस्न नसक्ने बताए।

उनले देशको समृद्धि र नागरिकको मुहारमा खुशी दिलाउन हरेकले आफ्नो ठाउँबाट काम गर्नुपर्ने बताए। राजनीतिक शुद्धता नभईकन देशले काँचुली नफेर्ने उनको बुझाइ छ।

खनालले भने, ‘यो देशलाई सुनौलो र समृद्ध नबनाउँदासम्म हामी शान्त रूपमा बस्न सक्दैनौँ। नेपाल आमा रोइरहँदा बाहिर गएर हाँसेर बस्नसक्ने अवस्था छैन। यो देशको समृद्धि र नागरिकको मुहारमा खुशी दिलाउन सक्नुपर्छ। अब राजनीति शुद्धता नभईकन देशले काँचुली फेर्दैन।’​

पूर्वप्रहरी महानिरीक्षक खनालले देशलाई केन्द्रमा राखेर काम गर्ने व्यक्तिले मात्रै देशलाई समृद्ध बनाउन सक्ने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP