Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

गैरआवासीय नेपाली काम गर्न विदेश गएका हुन्‚ वंशज नागरिकता देऊ : सांसद सापकोटा

 

काठमाडौँ : राष्ट्रियसभामा नेपाली काँग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले गैरआवासीय नेपाली (एनआरएन)लाई वंशजको आधारमा नागरिकता दिनुपर्ने बताएकी छन्।

आइतवारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले एनआरएन पनि नेपाली भएको दावी गर्दै वंशजको नागरिकता दिनुपर्ने माग गरिन्। उनले एनआरएन विदेशमा काम गर्न गएका र नेपालमा आउँदा भिसा लाग्ने प्रणाली हटाउनुपर्ने बताइन्।

उनले सरकारले अध्यादेशमार्फत ल्याएको आमाको नामबाट नागरिकता पाउने कुरा स्वागतयोग्य रहेको बताइन्। उनले आर्थिक स्थिति वृद्धि गर्नका लागि धेरै कानून निर्माण गर्न जरुरी रहेको बताइन्।

सापकोटाले भनिन्‚ ‘एनआरएनका साथीहरूलाई पनि वंशजको नागरिकता दिनुपर्छ। उनीहरू नेपाली हुन्। विदेशमा काम गर्न गएका हुन्। उनीहरूलाई वंशज नागरिकता दिनुपर्छ र नेपालमा आउँदाखेरी आफ्नो देशमा भिसा लाग्ने सिस्टम हटाउन आग्रह गर्छु। आर्थिक स्थिति वृद्धि गर्न हामीले धेरै कानून निर्माण गर्नुछ।’

उनले दुई दलले मात्रै संविधान संशोधन हुन नसके पनि सबै राजनीतिक दलहरूसँग छलफल गरेर संविधान संशोधन गर्नुपर्ने बताइन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP