Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

सामुदायिक विद्यालयमा पानीको पैसा नलाग्‍ने बनाउँछु : मन्त्री यादव

 

वीरगञ्ज : खानेपानीमन्त्री प्रदीप यादवले देशभरका सामुदायिक विद्यालयमा निकट भविष्यमै नि:शुल्क रूपमा शुद्ध तथा सफा खानेपानी जडान तथा वितरणको कार्य गरिने बताएका छन्।

आज वीरगञ्ज महानगरपालिका–१३, राधेमाईस्थित साउथ जोन सेकेन्डरी स्कुलको १६औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री यादवले चाँडोभन्दा चाँडो देशभरका सामुदायिक विद्यालयमा नि:शुल्क रूपमा खानेपानीका धारा वितरण र जडानका लागि गृहकार्य भइरहेको बताए।

उनले भने, “चाँडोभन्दा चाँडो देशभरका सामुदायिक विद्यालयमा हामी नि:शुल्क खानेपानीका धारा जडान तथा वितरण गर्दै छौँ। अब सामुदायिक विद्यालयमा खानेपानीका धारा जडान र वितरणमा कुनै शुल्क लाग्ने छैन। शून्य पैसामा सामुदायिक विद्यालयमा पानीका धारा जडान गरिनेछन्।”

सामुदायिक विद्यालयहरूमा नि:शुल्क रूपमा खानेपानी जडान गर्नका लागि शिक्षामन्त्रीसँगको समन्वयमा आफूले उक्त कार्य अघि बढाइरहेको मन्त्री यादवले जानकारी दिए।

सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरूका लागि नि:शुल्क खानेपानी वितरण तथा जडान गर्नका लागि शिक्षा मन्त्रालय र खानेपानी मन्त्रालयबाट सहसचिवको नेतृत्वमा टोली गठन गरिएको र उक्त टोलीले आवश्यक गृहकार्य गरिरहेको मन्त्री यादवको भनाइ थियो।

सोही कार्यक्रममा बोल्दै मन्त्री यादवले एक वर्षभित्र २७ प्रतिशत शुद्ध खानेपानीको उपलब्धता ५७ प्रतिशतसम्म पुर्‍याउने लक्ष्यसहित काम भइरहेको बताए। उनले भने, “दुर्गम क्षेत्रमा रहेका दाजुभाइ–दिदीबहिनीहरूले बोकेर पानी खानुपर्ने अवस्थाको अन्त्य गर्न लागि परेको छु। दातृ निकायको सहकार्यमा म यसको अन्त्य गर्छु।”

नेपालका नागरिकसहित देशभरका सामुदायिक विद्यालयहरूमा नि:शुल्क रूपमा शुद्ध खानेपानी जडान तथा वितरण कार्य नि:शुल्क रूपमा उपलब्ध गराइने कुरामा विश्वस्त रहन मन्त्री यादवले सबैलाई आग्रह गरे।

उनले भने, “मसँग काम गर्ने आँट र अठोट छ। मेरो कार्यकालमै सबै नागरिकलाई शुद्ध खानेपानी वितरण गरिनेछ।” साउथ जोन सेकेन्डरी स्कुलले शिक्षामा राम्रो प्रगति गरिरहेको भन्दै बधाई दिनुका साथै अझ प्रगतिका लागि शुभकामनासमेत व्यक्त गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP