Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

‘यो सरकार भूमाफियाहरूको हातमा गएको त होइन?’

 

काठमाडौँ : राष्ट्रियसभामा नेकपा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले भूमाफियाहरुको हातमा सरकार गएको आरोप लगाएका छन्।

आइतवारको राष्ट्रियसभा बैठकमा उनले सुशासन, सामाजिक न्यायको बाटोबाट सरकार विचलित भएको भन्दै अध्यादेश तत्काल फिर्ता लिन माग गरेका छन्।

उनले अध्यादेशभित्र सकारात्मक कुरा हुँदाहुँदै पनि नियत, प्रक्रिया र विधिमा त्रुटि रहेकाले सरकारले फिर्ता लिनुपर्ने माग गरे।

उनले सरकारले अध्यादेश तत्काल फिर्ता लिनुपर्ने माग गरे। उनले अध्यादेशहरु सकारात्मक रहेको भए पनि सकारात्मकताभित्र खतरनाक कुराहरु समावेश रहेको आरोप लगाए।

उनले सुकुम्वासीहरुलाई जग्गा दिनेकुरा सकारात्मक रहेको भए पनि हदबन्दी फुकुवा गर्नु डरलाग्दो रहेको बताए।

‘यी अध्यादेशहरुभित्र कतिपय सकारात्मक कानून हुँदाहुँदै पनि नियत, प्रक्रिया र विधिका हिसाबले यो गलत छ। सरकारले यो फिर्ता लिनुपर्छ। अध्यादेशभित्रका कानूनहरु सकारात्मक छन्‚’ उनले भने, ‘ती सकारात्मक कुराले खतरनाक कुरालाई ढाकछोप गरेका छन्। भूमिसम्बन्धी सुकुम्वासीहरुलाई जग्गा दिनेकुरा ल्याइएको छ तर हदबन्दी एक ढंगले फुकुवा गरेर जुन हिसाबले सुकुम्वासीलाई जग्गा दिनेकुरा उठाइएको छ, साथै हदबन्दी फुकुवा गर्नेकुरा जे उठाइएको छ, त्यसले भूमाफियाहरुको हातमा यो सरकार गएको त होइन भन्ने प्रश्न उठाउन सकिन्छ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP