Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

नाउपा दलको कार्यालयमा मधेश केन्द्रित ८ दलको बैठक

 

२१ माघ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)सहित मधेश केन्द्रित दलहरुको संयुक्त बैठक आज बस्दै छ । थारु-मधेश केन्द्रित आठ दलीय मोर्चा बनाउने प्रयासमा रहेका नेताहरुको संयुक्त बैठक आज दिउँसो एक बजे नाउपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो।

मधेश तथा थारु आन्दोलनबाट प्राप्त उपलब्धि र यसको रक्षाका लागि अपनाउने रणनीतिबारे छलफल गर्न आठ दलको बैठक बस्न लागेको सो पार्टीका नेताहरुले बताएका छन् ।

 

‘समान विचारवाहक आठ दलीय मोर्चाको काम कर्तव्य र अधिकारका साथै भावी योजनासम्बन्धी छलफलका लागि आठ दलबाट कार्यदलका सदस्य र वार्ता टोली संयोजकहरुलाई बैठकमा बोलाइएको छ,’ राष्ट्रिय मुक्ति पार्टी (रामुपा) नेपालका नेता केशव झाले भने ।

नाउपाका संरक्षक रेशम चौधरीले मधेश केन्द्रित दलहरुको मोर्चाबारे एकअर्काको धारणा बुझ्न बैठक राखिएको बताए । ‘मोर्चामा नाउपाका एजेन्डा सम्बोधन हुन्छन् कि हुँदैनन् भन्ने हाम्रो मुख्य चासो छ’, चौधरीले अनलाइनखबरसँग भने ।

 

बैठकमा जसपाबाट रेणु यादव र मोहम्मद इस्तियाक राई, जनमत पार्टीबाट अब्दुल खान र शरद सिंह यादव, जसपा नेपालबाट राजकिशोर यादव र मनिष सुमन, नाउपाबाट गंगाराम चौधरी र लालविर चौधरीलाई बोलाइएको छ ।

यसैगरी लोसपाबाट सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण, रामुपा नेपालबाट राम नरेश राय र केशव झा, तमलोपाबाट वृषेश चन्द्र लाल र ब्रज किशोर सिंह तथा जनता प्रगतिशील पार्टीबाट शिवजी यादवलाई पनि बैठकमा बोलाइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP