Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

निरोगी नेपाल बनाउने प्रयासमा छौँ : प्रधानमन्त्री ओली

 

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले निरोगी नेपालका लागि व्यापक प्रयास गरिरहेको बताएका छन्।

मंगलवारबाट देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपीभी) खोपको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाली नागरिक विरामी नै हुन नपरोस् भनेर सरकारले अभियान चलाइरहेको बताए। उनले निरोगी नेपालका लागि व्यापक प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। उनले आफूले खाने खाना पेट भर्नका लागि मात्रै नभई स्वस्थ रहनका लागि खानुपर्ने बताए। उनले स्वस्थ, सन्तुलित खानाले मात्रै आफूलाई निरोगी बनाउने बताए।

प्रधानमन्त्री ओलीले भने, ‘हामीले निरोगी नेपालको नारा लिएका छौँ। यसका दुईवटा पक्ष छन्। मानिस विरामी नै हुन नपरोस्, स्वस्थ रहोस्। त्यसका लागि हामीले व्यापक प्रयास गर्छौं। मान्छे रोगी नहोस्, विमारी नहोस्। यसका निम्ति मानिसको आहारविहारको मात्रै कुरा होइन। खाना भनेको पेट भर्ने मात्र होइन, स्वस्थ खाना हो। खाना भनेको स्वस्थ मात्रै होइन, पुग्दो, सन्तुलित र ठिक्क मात्रामा पनि हो। स्वस्थ खाना, सन्तुलित खाना, आवश्यक मात्रामा खाना हुनुपर्छ। पेट भर्नका लागि खाना खाने होइन, स्वस्थ रहनका लागि खाना खाने हो।’

स्वस्थ रहनका लागि सबैभन्दा पहिला व्यक्ति स्वयंले सावधानी अपनाउनुपर्ने बताए। विरामी हुनै नदिने कुरा महत्त्वपूर्ण रहेको बताए। सन् २०३० सम्म पाठेघरको क्यान्सरविरुद्धको अभियानलाई पूर्ण रूपमा सफल बनाउने प्रतिबद्धता जनाए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP