Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

वरिष्ठ अधिवक्ताका लागि १५ वर्षभन्दा बढीको अनुभव चाहिन्छ भन्नु न्यायमा युवालाई रोक्नु हो : सांसद ढुंगाना

काठमाडौँ : सांसद आनन्दप्रसाद ढुंगानाले वरिष्ठ अधिवक्ताका लागि १५ वर्षभन्दा बढीको अनुभव चाहिने प्रावधान ल्याउनु भनेको न्याय क्षेत्रमा युवाहरुको पहुँचलाई रोक्नु भएको बताउँदै २०/२५ वर्षको अनुभव चाहिने भन्ने सल्लाह हाल रहेका वरिष्ठ अधिवक्ताहरुले नै दिएको आरोप लगाएका छन्।

मंगलवार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा उनीसहित सबै सांसदहरुले १५ वर्ष सानो समय नभएको भन्दै यसलाई बढाउन नहुने बताए।

समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफलमा नेपाली कांग्रेसका सांसद ढुंगानाले १५ वर्ष न्याय क्षेत्रमा काम गर्नु सामान्य नभएको र त्यसपछि मात्र वरिष्ठ अधिवक्ता बन्न पाउने भएकाले १५ वर्षको अनुभवपछि वरिष्ठ अधिवक्ता बन्न पाउनु नै ठिक रहेको बताए।

उनले वरिष्ठ अधिवक्ताका लागि १५ वर्षभन्दा बढीको अनुभव तोक्नु भनेको न्याय क्षेत्रमा युवाहरुको पहुँचलाई रोक्नु भएको बताए।

‘१५ वर्ष भनेको मामुली कुरा होइन। एउटा लयर बन्नका लागि उसले एलएलएम पास गर्नुपर्छ, कानूनी रुपमा १५ वर्ष काम गर्नुपर्छ। अनि त्यो वरिष्ठ अधिवक्ता बन्छ। उसले लामो समय आफ्नो जीवन लगाएको हुन्छ‚’ उनले भने, ‘२०/२५ वर्ष पुर्‍याउनुपर्छ भन्ने सल्लाह दिने जति पनि हुनुहुन्छ, यो जम्मै वरिष्ठ अधिवक्ताहरुले दिएको सल्लाह हो। न्यायमा युवाहरुको पहुँचलाई रोक्ने यो कुरा कुनै पनि हालतमा स्वीकार्य हुँदैन। विदेश पठाउने हो भने पठाइदिउँ, नभए रोक्ने काम नगरौँ। १५ वर्ष नै राखौँ।’

१५ वर्ष कानूनी वकालत गरेको व्यक्ति वरिष्ठ अधिवक्ता बन्न पाउने प्रावधानको समय अवधि बढाउन नहुनेमा सांसदहरुले जोड दिए। वरिष्ठ अधिवक्ता बन्नका लागि १५ वर्ष कानूनी वकालत गरेको अनुभव हुनुपर्ने कुरा नै सही रहेकाले समयावधि बढाउन आवश्यक नरहेको सांसदहरुको भनाइ छ।

समितिको बैठकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नैतिक पतन देखिने फौजदारी कसुर के के हुन् भन्ने अदालतलाई मात्रै जिम्मा दिनेभन्दा पनि सरकारले नै परिभाषित गर्न सक्नुपर्ने बताए। उनले नैतिक पतन भएका कानून व्यवसायीहरुको प्रमाणपत्र रद्द गर्न पनि ३ वर्ष सजाय बेहोरेको व्यक्तिको प्रमाणपत्र रद्द हुनुपर्ने आफ्नो प्रस्ताव रहेको बताए।

बैठकमा राष्ट्रियसभा सदस्य अञ्जान शाक्यले जानकारी नदिइ कानून व्यवसायीको प्रमाणपत्र प्राप्त गर्नेलाई न्यायोचित सजाय दिनुपर्ने बताइन्। उनले उसको प्रमाणपत्र रद्द गर्ने नभइ केही जरिमाना तिराउन सकिने बाटो खोज्नुपर्ने बताइन्। त्यसो गरेमा सुसंस्कार कायम हुने उनले बताइन्।

बैठकमा अन्य सांसदहरुले वरिष्ठ अधिवक्ता बन्नका लागि समयावधि बढाउँदै लैजानु ठिक नभएको धारणा राखे। तोकिएको मापदण्ड पूरा गरिसकेपछि वरिष्ठ अधिवक्ता बन्न पाउने कुरा नै राम्रो रहेको र १५ वर्ष भन्दा माथि लैजानु नहुनेमा जोड दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP