Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

सङ्घीयता अनुभूत हुनेगरी काम गर्दै गण्डकी प्रदेशसभा

 

गण्डकी : गण्डकी प्रदेश मङ्गलबारदेखि स्थापनाको आठौँ वर्षमा प्रवेश गरेको छ। प्रदेशसभा स्थापना भएको दिनलाई नै यस वर्षदेखि प्रदेश स्थापना दिवसका रुपमा मनाउन सुरु गरिएको छ। विसं २०७४ माघ २२ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो।

त्यसयता प्रदेशसभाको पहिलो कार्यकाल पूरा भई दोस्रो कार्याकालको पनि दुई वर्ष बितिसकेको छ। यस अवधिमा प्रदेशसभा सङ्घीयताको कानुनी र संरचनागत जग निर्माणमा केन्द्रित रह्यो। प्रदेश संरचनालाई सुदृढ र संस्थागत गर्नेतर्फ प्रदेशसभाको सक्रियता रह्यो।

प्रदेशसभाको पहिलो कार्यकालमा ५९ कानुन निर्माण भए भने दोस्रो कार्याकाल सुरु भएयता १३ वटा कानुन निर्माण र एउटा नियमावली पारित भएको छ। प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीका अनुसार यस अवधिमा दुईवटा अध्यादेश स्वीकृत भएका छन्।

‘गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत–सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, ’ ‘साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ र ‘जीवननाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक’ विषयगत समितिमा विचाराधीन छन्।

यसैगरी, ‘औद्योगिक व्यवसायय ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ पनि प्रदेशसभामा पेस भएको छ। गत सोमबारदेखि सुरु भएको प्रदेशसभा अधिवेशनमा नयाँ विधेयक प्रस्तुत हुँदैछन्।

विसं २०७९ मङ्सिर ४ गते प्रदेशसभाको निर्वाचन भई प्रदेशसभाको दोस्रो कार्यकाल विसं २०७९ पुस १८ गते सुरु भएको थियो। उक्त अवधिमा केही सङ्कल्प प्रस्ताव र सार्वजनिक महत्वका प्रस्ताव प्रदेशसभामा दर्ता भएका थिए।

प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभालाई जिम्मेवार बनाइ सङ्घीयता अनुभूत हुनेगरी काम गर्न प्रदेशसभा प्रयत्नशील रहेको बताउँछन्। उनले सङ्घीय शासन प्रणालीलाई व्यवस्थित गर्न तीनवटै तहका सरकारबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिए।

प्रदेशसभा बैठक ‘युट्युब’बाट प्रत्यक्ष प्रसारण गर्ने गरिएको छ। अनलाइनका माध्यमबाट विधेयकबारे सुझाव सङ्कलन हुने गरेको छ। प्रदेशसभा सदस्यका जिज्ञासाका जवाफ मन्त्रीहरुले जवाफ दिने गरे पनि प्रश्नोत्तरको अभ्यास हालसम्म भएको छैन।

प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेपाल कम्युनिष्ट पार्टी एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक जना स्वतन्त्र सदस्यको छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP