Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

सरकारले आजको बैठकमा अध्यादेश प्रस्तुत नगर्ने

 

काठमाडौं : सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक चलिरहेको छ। बैठकको आकस्मिक समयमा सांसदले आ–आफ्नो धारणा राखिरहेका छन्। आजको बैठकबाट सरकारले संसदमा प्रस्तुत गरेको अध्यादेशसम्बन्धी कार्यसूची हटाइएको छ।

यसअघि ती अध्यादेश छलफल गरेर पारित गर्ने कार्यसूची रहेको थियो। अध्यादेश हटाइएको र संशोधित कार्यसूची आएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए।

आजको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘सुरक्षित कारोवार पहिलो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गर्नुहुने कार्यसूची तय गरिएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन’ पेश गरिनेछ।

यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले ‘भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गर्ने कार्यसूची छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्रकृति श्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७९/८०’ पेश गर्ने कार्यसूची छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८१÷०८२ को बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन’ पेश गर्नेछन्।

प्रतिनिधिसभामा प्रमुखप्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको बैठकलाई सम्बोधन गर्नेछन्। सरकारकातर्फबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पनि बैठकलाई सम्बोधन गर्नहुने जनाइएको छ। भ्रष्टाचार र सुरक्षित कारोबारसँग सम्बन्धित प्रतिवेदन पनि सदनमा टेबुल गरिनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP