Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

इतिहास बोकेको खर्काकोट दरबारको लागि ध्यान दिँदै शान्तिनगर गाउँपालिका

विकास डाँगी
दाङ : १८ औं शताब्दीको अन्तिमतिर शोधन खड्काले शान्तिनगर गाउँपालिका १ खर्काकोटबाट राज्य सञ्चालन गरेका थिए। अग्लो पहाडमा राजाको दरबार रहेको हुँदा पहिला निकै रमणीय ठाउँ रहेको थियो। तर, राजाले दरबार छाडेर हिँडेपछि त्यो विस्तारै जीर्ण तथा खण्डहर बन्दै गयो।

अहिले त्यो ठाउँमा केही संरचनाको नमुनाबाहेक अरु केही छैन। त्यसैले यसको विकाससँगै प्रचार प्रसार गरेर एउटा पर्यटकीय केन्द्र बनाउन सकिने भन्दै स्थानीयहरूले कुरा उठाउँदै आएको भएयता पनि यो ठाउँ गुमनाम नै रहेको छ।

स्थानीय ७२ वर्षीय गेहेन्द्र बहादुर खत्रीले आफ्नो ठाउँमा रहेको खर्काकोट दरबारका बारेमा साना हुँदा थाहा पाएका थिए। साना हुँदा खत्रीले राजाको बारेमा अलिअलि थाहा पाएको भएयता पनि भेट्न भने पाएका थिएनन्। उनले यहाँ राजाले बनाएको संरचनाहरूको याद अझै छ। तर, ती संरचनाहरू भने संरक्षणको अभावले सबै हराइसकेका छन्।

उनका अनुसार खर्काकोटमा तीनकुने दरबार, सुरक्षाकर्मी बस्ने घर तालिम गर्ने ठाउँ र राजाले पानीका लागि निर्माण गरिएको पोखरी लगायतका संरचनाहरू रहेका थिए। उनले भने,
‘ यो हाम्रो ठाउँ एउटा इतिहास बोकेको ठाउँ हो। यहाँ एकदमै राम्रो भएको हुँदा यसको विकास र प्रचार प्रचार गर्न आवश्यक छ। हामीले वर्षौदेखि कुरा उठाउँदै आएका छौँ। तर, अहिलेसम्म हाम्रो कुरा कसैले सुनेका छैनन्।’

अग्लो ठाउँमा भएको हुँदा यहाँबाट दाङमा पूर्वपश्चिम दक्षिण भाग एकदमै राम्रो देखिनेसमेत बताए। उनले भने, ‘यसपटक बजेट परेको छ, भन्ने सुनेका छौँ। अब यहाँको विकास र प्रचार प्रसार हुन्छ, भन्ने हामीलाई लागेको छ। यो काम पहिला नै गरेको भए, राजाका संरचनाहरू बचाउन सकिन्थ्यो। अब त्यो सम्भावना छैन्, यसलाई ऐतिहासिक ठाउँ बनाएर पर्यटकीय केन्द्र बनाउन सकिन्छ।’

यस्तै अर्का स्थानीय बल बहादुर वलीले खर्काकोट दरबार रहेको ठाउँ इतिहास बोकेको ठाउँ भएको हुँदा यसलाई राज्यले ध्यान नदिएको गुनासो गरे। करिब २ सय वर्ष पुरानो राजा बसेको ठाउँ बेवारिसे गर्दा अहिले अस्तित्व नै हराएको भन्दै उनले यस ठाउँको संरक्षण गर्न आवश्यक रहेको बताए। विकट ठाउँ त्यसमा पनि कसैले चासो नदिएका कारण अहिले सबै संरचनाहरू भत्किएर हराएको उनको भनाइ छ।

राजाहरूले प्रयोग गर्ने पोखरी, सुरक्षाको लागि बनाएका पर्खालहरू यस ठाउँमा आफूहरूले देखेको भन्दै अहिले त्यो सबै हराएको समेत उनले बताए। उनका अनुसार दरबार रहेको ठाउँमा अहिले ठुलो खाडल बनाएको हुँदा कसैले यहाँबाट बहुमूल्य सामान लगेको हुन सक्ने बताए।

पर्यटन विभागको एक करोड बजेट

यो दरबारको लागि पर्यटन विभागबाट एक करोड बजेट विनियोजन भएको हुँदा आफू साइट हेर्न आएको विभागका सव इन्जिनियर कुलबहादुर श्रेष्ठले बताए। आफूले दरबार रहेको ठाउँको निरीक्षण गरेको भन्दै उनले यसलाई पर्यटकीय केन्द्रका रुपमा लैजानको लागि सडक बाटोभन्दा पनि राम्रो गोरेटो बाटो बनाउन आवश्यक रहेको बताए।

उनले भने, ‘अहिले हामी जहाँसम्म गाडीमा आउँछौँ। त्यहाँसम्म गाडीको लागि बाटो राम्रो हुन आवश्यक छ। त्यो भन्दा माथि आउनको लागि एउटा खर्काकोट दरबार प्रवेशद्वार बनाएर सहज रुपमा पैदल हिड्ने गोरेटो बाटो बनाउनुपर्छ। ’

यस्तै उनले यो बजेट क्रमागत भएमा यहाँको विकास गर्न मद्दत पुग्नेसमेत बताए। यो ठाउँको विकास गर्न सकेमा भविष्यको लागि पर्यटकीय केन्द्र बन्न सक्नेसमेत उनले बताए।

यस ठाउँमा राजाहरूले नुहाउने पोखरी, दरबार भएको ठाउँ, मन्दिर र सुरक्षाको लागि बनाएका बङ्करहरू रहेको हुँदा यसलाई संरक्षण गर्न आवश्यक रहेको समेत बताए। यो ठाउँको विकास गर्न सकेमा भविष्यको लागि पर्यटकीय केन्द्र बन्न सक्ने समेत उनले बताए।

उनका अनुसार दरबारको लागि बजेट धेरै लाग्ने भएकाले त्यसका लागि गाउँपालिकाले पहल गर्न जरुरी रहन्छ। यस्तै उनले गाडी हिँड्ने गरी यहाँ सडक बनाउन नहुने भन्दै त्यो गरेमा सबै विनाश हुने समेत बताए।

पुरानो इतिहास बचाउन लागेका छौँ : अध्यक्ष बस्नेत

गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतका अनुसार यस ठाउँका लागि अहिले एक करोड बजेट परेको भन्दै त्यसलाई सही रुपमा सदुपयोग गरेर यस ठाउँको विकास गर्ने तयारी रहेको छ।

आफूले यहाँको इतिहास बुझ्दै जाँदा विसं १९६० सालमा यस ठाउँमा खर्काकोट राजाहरू बसेको भनेर जानकारी पाएको भन्दै उनले यसको विकाससँगै प्रर्वद्धन गर्नको लागि आफू निरन्तर रुपमा लागि रहेको समेत बताए। यस्तै उनले अहिलेको पुस्ताले ती पुराना कुराहरू सुनेर यहाँ आउने गरेको भन्दै भावी पुस्ताका लागि यसको विकास र संरक्षण गर्न आवश्यक रहेको समेत बताए।

यो ठाउँमा पुग्न शान्तिनगरका विभिन्न क्षेत्रबाट सडक निर्माण गरिएको छ। शान्तिनगरको खिलतपुर हुँदै खज्जर भएर बाघखोर पुगेर पैदल खर्काकोट पुग्न सकिन्छ। यस्तै जुम्लेकुला, पेदीखोला हुँदै सानो हल्दे भएर उर्लिनचौरबाट बाघखोर पुगेर पैदल खर्काकोट पुग्न सकिन्छ।

त्यसैगरी कालीदमार भएर बाघखोर पुगेर खर्काकोट पैदल जान सकिन्छ। अनि पेदिखोलाबाट सालघारी हुँदै बाघखोर पुगेर पैदल खर्काकोट पुग्न सकिन्छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP