Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

देशको शैक्षिक क्षेत्र बरालिएको छ : पूर्वराष्ट्रपति भण्डारी

 

काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको शिक्षा क्षेत्र बरालिएको महशुस गरेको बताएकी छन्।

शुक्रवार अरुणोदय माविको ६०औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले शिक्षा राष्ट्र निर्माणको मूल खम्बा हुनुपर्नेमा त्यसो हुन नसकिरहेको बताइन्।

माध्यमिक तह पास गरिसकेपछि विदेश अध्ययनका लागि विद्यार्थी जाने वातावरणलाई अन्त्य गर्न स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सक्नुपर्ने बताइन्।

पूर्वराष्ट्रपति भण्डारीले अब कस्तो विकासको नमूना प्रस्तुत गर्ने सोच्न जरुरी रहेको बताइन्। देशमै परिवारसँग बसेर केही गरौँ भन्ने स्थिति निर्माण गर्न जरुरी रहेको बताइन्।

स्वदेशमै अध्ययनपछि रोजगारी दिनसक्ने वातावरण बनाउन जरुरी रहेको बताइन्। राष्ट्रिय जीवनलाई गरिमामय बनाउन सबैले आफ्नो गति बढाउनुपर्ने उनको भनाइ थियो।

उनले शिक्षा प्रणालीमा आमूल परिवर्तन गरेर, देशको उत्पादकत्व वृद्धि गर्ने र जीवनस्तरलाई गरिमामय बनाउन जरुरी रहेको बताइन्। रोजगारीका लागि भौँतारिनुपर्ने अवस्थाको अन्त्य गर्नु नै अहिले नेपालको आवश्यकता रहेको पनि उनले बताइन्।

शिक्षा प्रणालीमा सुधार गरेर राष्ट्रिय अर्थतन्त्रलाई मजबुत गर्नेतर्फ प्रयास गर्नुपर्ने उनको भनाइ थियो। देशको अर्थतन्त्र कमजोर भए सामाजिक, सांस्कृतिक क्षेत्रमा पनि कमजोर हुने उनले बताइन्।

‘शिक्षा क्षेत्र बरालिएको हो कि भन्ने अनुभव मैले गरेकी छु। जसरी शिक्षा एउटा राष्ट्र निर्माणको मूल खम्बा भएर त्यसबाट राज्यका विभिन्न अंगहरु बलियो भएर र भावी पुस्तालाई जस्तो खालको हामीले योगदान दिनुपर्ने हो त्यो हुन सकेको छैन‚’ पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘अहिले हाई स्कुल पास गरेपछि हाम्रो नयाँ पुस्तालाई हामीले देशमा आकर्षित गर्न अलि गाह्रो परिरहेको तथ्यहरुले देखाइरहेको छ। स्कुलहरु मर्जरमा जानुपर्ने जस्तो अवस्था देखिएको छ।’

उनले अहिले गर्न नसके कहिले पनि गर्न सकिँदैन भन्ने चासो र चिन्ता आम नागरिकमा रहेको बताइन्। उनले जिडिपी सन्तोष गर्ने ठाउँमा नरहेको र व्यापार घाटा चुलिएको बताए।

‘अहिले अनुकूल समय पनि छ। सरकार पनि स्थायी भएर चलिरहेको छ। नत्र यहाँ त ३/३ महिनामा सरकार फेरिएर एउटा काम गर्न खोज्यो कहिले पनि पाइला नै अगाडि नसर्ने परिस्थिति थियो,’ उनले भनिन्, ‘अहिले दुईवटा ठूला राजनीतिक दलहरु मिलेर त्यसलाई स्थायित्व दिने, आर्थिक प्रगति गर्ने भनेर लागिरहनुभएको छ। मेरो त उहाँहरुलाई शुभकामना छ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP