Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा प्रगति भएको छ : मन्त्री राई

 

काठमाडौं : रक्षामन्त्री मानवीर राईले सैनिक सामग्री खरिद एवं व्यवस्थापन, बंकरदेखि ब्यारेक कार्यक्रम र राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा लक्ष्यबमोजिम प्रगति भएको बताएका छन्।

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो उल्लेख गरेका हुन्। उनले विपद् प्रतिकार्यमा नेपाली सेनाको सक्रियता र भूमिका उल्लेखनीय रहेको बताए।

उनले काठमाडौं तराई मधेस द्रुत मार्ग सडक आयोजनाको शुरु बिन्दु यथाशीघ्र निर्माण गर्नको लागि सरोकारवालाबीच समन्वय भइरहेको बताए। उनले खरिद प्रक्रियालाई कानुनसम्मत एवं पारदर्शी हिसाबले अघि बढाउनुका साथै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मापदण्डबमोजिम द्रुत मार्गको गुणस्तर कायम गर्न निर्माण पूर्व र निर्माणको क्रममा प्रयोग हुने सामग्रीलगायत निर्माण कार्यको गुणस्तरमा कुनै सम्झौता नगर्ने विषयमा विशेष ध्यान दिन जरुरी रहेको उल्लेख गरे।

उनले निर्धारित समयमै गुणस्तरीय रूपमा निर्माण गराउने सन्दर्भमा मन्त्रालयले निरन्तर सहयोग र समन्वयका साथै निरन्तर अनुगमन गर्नुपर्ने जरुरी रहेको बताए।

उनले भने, ‘सैनिक सामग्री खरिद एवं व्यवस्थापन, बंकरदेखि ब्यारेक कार्यक्रम, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सबैमा लक्ष्यबमोजिम प्रगति देखिएको छ। विपद् प्रतिकार्यमा नेपाली सेनाको सक्रियता र भूमिकाको उच्च प्रशंसा गर्दछु।’

रेलमार्ग खोकना क्षेत्रमा नजाने पनि दाबी गरे। खोकना क्षेत्रमा स्मार्ट सिटी पनि जग्गाको अभावका कारण बन्न नसक्ने बताए। फास्टट्रयाकमा लाभकर छुट दिनेकुरा जनताका लागि काम गरेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP